बागमती प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

बागमती : प्रदेश सरकारले माघ १० गते प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ । तामाङ समुदायको चाड सोनाम ल्होसारका अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सूचना जारी गर्दै प्रदेश सरकारको गत पुस २७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार सार्वजनिक बिदा दिइएको जनाएको छ। प्रदेश सरकारले बिदा घोषणा गरेकाले प्रदेशभर छुट्टी हुने बागमती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीले जानकारी दिए । काठमाडौं उपत्यकाका हकमा भने केन्द्र सरकारको राजपत्रानुसार हुने उनले बताए।
गृह मन्त्रालयले गत बैशाखमा प्रकाशन गरेको राजपत्रानुसार प्रदेश सरकारले बिदा दिँदा आफ्नो प्रदेशभित्रका केन्द्र मातहतका कार्यालयसहित सम्पूर्ण सरकारी कार्यालय, शिक्षालय, उद्योगधन्दा बन्द रहने छन् । केन्द्र सरकारले प्रदेश सरकारलाई बढीमा एक वर्षमा ६ दिन बिदा दिन पाउने अख्तियारी दिएको छ । सोही अख्तियारी अनुसार प्रदेश सरकारले आफ्नो प्रदेशका महत्वपूर्ण धार्मिक, जातीय र सांस्कृतिक चाडपर्वमा आवश्यकता अनुसार ६ दिनसम्म बिदा दिन पाउने व्यवस्था छ । ६ दिनभन्दा बढी बिदामा भने केन्द्र मातहतका कार्यालयलाई गृह मन्त्रालयको निर्णय लागु हुनेछ।

राजपत्रानुसार काठमाडौं उपत्यकाका तीन जिल्लाका केन्द्र मातहतका कार्यालयलाई भने प्रदेश सरकारको बिदा लागू हुने छैन । उक्त राजपत्रको खण्ड गमा काठमाडौं उपत्यकाका तीन जिल्लामा प्रदेश सरकारले दिएको बिदा नेपाल सरकार, गृह मन्त्रालयको निर्णय अनुसार हुनेछ भनी उल्लेख गरिएको छ। यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेका छ्न ।






Related Posts
  • कुवेतमा नेपाली रक्तदाता संघ स्थापना, अध्यक्षमा रुपेन हमाल :
  • कुवेतमा कोरोना संक्रमनबाट १ लाख २ हजार ४४१ सङ्क्रमित, ५९० नयाँ संक्रमित, तीन जनाको मृत्‍यु (अपडेट)
  • पछिल्लो २४ घण्टामा १३ सय १३ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ७० हजार ६१४ पुग्यो
  • ८ कात्तिकदेखि क्लिन फिड : भारतीय न्युज च्यानल बन्द हुन्छन्
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा नेपाली रक्तदाता संघ स्थापना, अध्यक्षमा रुपेन हमाल :

    कुवेतमा कोरोना संक्रमनबाट १ लाख २ हजार ४४१ सङ्क्रमित, ५९० नयाँ संक्रमित, तीन जनाको मृत्‍यु (अपडेट)

    पछिल्लो २४ घण्टामा १३ सय १३ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ७० हजार ६१४ पुग्यो

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस