राजु गोलेको “ह्युल्सादा ख्लासी” गीतको म्युजिक भिडियो सार्वजनिक

युग लामा, २३ जनवरी, कुवेत । – रोजगारीको शिलशिलामा परदेशमै रहे पनि तामाङ गीत संगीतमा आफुले सकेको योगदान दिदै आएका राजु गोलेको “ह्युल्सादा ख्लासी” गीतको म्युजिक भिडियो बुधबार डम्फु मेडियाको अफिसियल युट्युब मार्फत सार्वजनिक भएको छ ।

मकैबारी दोलखा चरिकोट निवासी गोले सानै उमेर देखि नै गित सङ्गित माया गर्ने एक श्रस्टा हुन ।

यस गीतका शब्द रचना स्वयम प्रस्तुती कर्ता राजु गोले र ज्ञान कुमार घिसिङले गरेका छ्न भने संगीत टेक घिसिङले गरेका हुन ।

गीतमा संगीत संयोजन नोर्बु शेर्पाले गरेका छन् भने गायिका अञ्जु र गायक एबं संगीतकार टेक घिसिङ्ले भरेका छन् ।

सुर्य लामाको सम्पादन, सुरेश ग्याबाद्वारा निर्देशन गरेको भिडियोको छायांकन आरके लुङ्बाले गरेका हुन् ।

कुवेतको रमनिय स्थलहरुमा छायाङ्कन गरिएको भिडियोमा राजु गोले र असली मोक्तानको दम्दार अभिनय रहेका छन ।

भिडियो हेरेर माया गरी दिन हुन एबंम सल्लाहा सुझाब तथा प्रतिकृया दिनहुन पनि आम श्रोता दर्शक माझ राजु गोलेले हार्दिक अनुरोध समेत गरेका छन ।

भिडीयो हेर्नको लागि तलको लिङ्कमा क्लिक गर्नु होला ।

 






Related Posts
  • कुवेतमा नेपाली रक्तदाता संघ स्थापना, अध्यक्षमा रुपेन हमाल :
  • कुवेतमा कोरोना संक्रमनबाट १ लाख २ हजार ४४१ सङ्क्रमित, ५९० नयाँ संक्रमित, तीन जनाको मृत्‍यु (अपडेट)
  • पछिल्लो २४ घण्टामा १३ सय १३ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ७० हजार ६१४ पुग्यो
  • ८ कात्तिकदेखि क्लिन फिड : भारतीय न्युज च्यानल बन्द हुन्छन्
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा नेपाली रक्तदाता संघ स्थापना, अध्यक्षमा रुपेन हमाल :

    कुवेतमा कोरोना संक्रमनबाट १ लाख २ हजार ४४१ सङ्क्रमित, ५९० नयाँ संक्रमित, तीन जनाको मृत्‍यु (अपडेट)

    पछिल्लो २४ घण्टामा १३ सय १३ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ७० हजार ६१४ पुग्यो

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस