आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

नेपाल कुवेत साँस्कृतिक मञ्चको १० औं वार्षिक उत्सव सम्पन्न

परदेशी खबर ६ माघ २०७६, सोमबार १९:०१ मा प्रकाशित ( ४ साल अघि) ३२१ पाठक संख्या

Photo by : Prasad Timsina

परदेशी खबर/ जनवरी २०, कुवेत। नेपाल कुवेत साँस्कृतिक मञ्चको दसौं वार्षिक उत्सव गत जनवरी १८ तारिक शुक्रबार सम्पन्न भएको छ। 

हाम्रो संस्कृतिहाम्रो पहिचान” भन्ने मूल नाराका साथ स्थापना गरिएको कुवेतको सबै भन्दा पुरानो साँस्कृतिक संस्था नेपाल कुवेत साँस्कृतिक मन्चले कला र गला भएर पनि विदेशिन बाध्य कलाकारहरुलाई संगठित गर्दै धेरै कलाकारहरुलाइ आफ्नो कला र गला मार्फत राष्ट्रिय स्तरसम्म पहिचान बनाउन सफल बनाएको छ।

मञ्चका अध्यक्ष गोबिन्द बरालको सभापतित्वमा गरिएको कार्यक्रमको संचालक मन्चका पूर्ब अध्यक्ष एवं लोक गायक माधब शर्माले गरेक थिए। 

कुवेतको मिसिला बिच स्थित सामन्द्रको किनारमा मन्चले आफ्ना सहयोगि तथा शुभचिन्तकहरुको बाक्लो उपस्थितिमा सम्पन्न गरेको कार्यक्रममा उपस्थित अतिथि तथा मञ्चका शुभचिन्तकहरुले शुभकामना दिदै मञ्चको प्रगतिको कामना गरेका थिए।

मञ्चले आफ्नो स्थापना काल देखिनै बिभिन्न कार्यक्रमहरु, नयाँ नेपाली बर्ष लगायत हरितालिका तिजमा विशेष साँस्कृतिक कार्यक्रम एवं दशैमा सामुहिक टीका-जमारा तथा तिहारमा देउसी-भैलो खेल्दै विभिन्न समाजिक कामहरूमा हातेमालो गर्दै आईरहेको छ।