ईनास कुवेतको वार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रमको तयारी पुरा

 

अतिथि कलाकार जनवरी २२ तारिक बुधबार बिहान ४:४५ बजे कुवेतमा अवतरण हुने

परदेशी खबर/ जनवरी २०, कुवेत। अन्तर्राष्ट्रिय कलाकार समाज कुवेतको छैठो वार्षिक उत्सव  तथा नेपालस्थित पवित्र समाज सेवा नेपालको सहयोगार्थ सांस्कृतिक कार्यक्रम च्यारिटी सो २०२० सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ।

छैठो वार्षिक तथा सहयोगार्थ सांस्कृतिक कार्यक्रम च्यारिटी सो (आगामी २४ जनवरी शुक्रवारको दिन कुवेतस्थित जिलिबको इण्डियन सेंट्रल स्कूल हलमा अतिथि कलाकार सुमधुर स्वरकी धनी कलाकार गायिका सम्झना लामिछाने मगरको धमाकेदार प्रप्रस्तुति हुने समाजकी महासचिव माया बुढ़ा मगरले जानकारि दिएकी छन्।

उक्त सांस्कृतिक कार्यक्रमको लागि अतिथि कलाकार जनवरि २२ तारिक बुधबार बाहान ४:४५ बजे कुवेतमा अवतरण हुने भएको जानकारि सहित सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई अतिथि कलाकारको स्वागतको लागि सहभागिता जनाउन पनि आयोजकले अनुरोध गरेको छ।

कार्यक्रम हुने 

स्थानः इण्डियन सेन्ट्रल स्कुल जिलिब

मितिः २४ जनवरी २०२० शुक्रबार ।

समयः बिहानको ११ बजे

आयोजक: अन्तर्राष्ट्रिय कलाकार समाज कुवेत

 






Related Posts
  • नेपाली समाज युएई द्वारा एक दिने नि:शुल्क स्वास्थ्य परिक्षण सम्पन्न
  • गत हप्ता मुत्ला दुर्घटनामा परेका मृतकहरुको परिवारलाई सम्पर्कमा आउन दुतावासको अनुरोध
  • मोडल राज मल्लको “कुरा” बोलको गितको म्युजिक भिडियो सार्वजनिक
  • लुम्बिनी समाज नेपाल कुवेतले मृगौला पीडितलाइ नेरु. ७० हजार भन्दा बढी आर्थिक सहयोग
  • पछिल्ला सम्प्रेसणहरु

    चीनबाट फर्किएका सबै सकुशल

    तमु समाज युएई द्वारा आयोजित चेलीबेटी भोज (रि-च्हमी स्योकै) कार्यक्रम भव्यरुपमा सम्पन्न

    महरा रिहा, निजीगाडी चढेर खुमलटार लागे

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस