कियाचु कुवेतको नवौं वार्षिक उत्सव तथा लिम्बु चलचित्र “साम” प्रदर्शनी आउदो फेब्रुवरी २८ मा हुने

परदेशी खबर/ जनवरी १६, कुवेत। भाषा, धर्म, संस्कार, संस्कृति, रीतिरिवाज, भेष–भुषा तथा जातिय पहिचानलाई बचाई राख्ने साथै कुवेतमा रहेका श्रमजीवी लिम्बुहरुलाई एकत्रित गरि भईपरि आएको अवस्थामा साथ सहयोग गर्ने उद्देश्य लिई २०६८ सालमा स्थापना भएको यस किरात याक्थुङ चुम्लुङ कुवेतको नवौं वार्षिक उत्सव तथा लिम्बु कथानक चलचित्र “साम” को प्रदशनी कार्यक्रम यहि आउदो फेब्रुवरी २८ तारिक शुक्रबार २०२० मा हुने भएको छ ।

उक्त कार्यक्रममा क्रियाशिल संघ संस्था लगायत बुद्धिजीवी, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीहरु एवं सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा सहभागिता जनाई कार्यक्रमलाई सफल बनाइदिनु हुन चुम्लुङका अध्यक्ष देबि चेम्जोङले अनुरोध गरेकी छिन् ।

कार्यक्रम हुने
मिति : २८ फेब्रुवरी २०२० शुक्रबार
समय : मध्यान्ह १२:०० बजेबाट
स्थान : युनिक अडोटरिम हल, फर्वानिया कुवेत ।

सम्पर्क नम्बरहरु –
देबि चेम्जोङ (अध्यक्ष) – ६६०१९२७५
अर्जुन थेगिम मुईहाङ (सचिव) – ९७४३८६६५ (WhatsApp)
हरि लावती (बिषेश सल्लाहकार) – ९७२७८३७९






Related Posts
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित ६४० र संक्रमित संख्या ७९,४८९ पुग्यो 
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित १,००७ र संक्रमित संख्या ७८,८४९ र १ जनाको मृत्यु
  • हङकङमा संकलित तिन लाख खोरामुख पहिरो पिडितलाई हस्तान्तरण
  • अल्झियो जिन्दगी तिम्रो यादमा..✍️
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा नेपाली रक्तदाता संघ स्थापना, अध्यक्षमा रुपेन हमाल :

    कुवेतमा कोरोना संक्रमनबाट १ लाख २ हजार ४४१ सङ्क्रमित, ५९० नयाँ संक्रमित, तीन जनाको मृत्‍यु (अपडेट)

    पछिल्लो २४ घण्टामा १३ सय १३ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ७० हजार ६१४ पुग्यो

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस