नेपाल आइडल बुद्ध लामा आउदो जनवरी २४ तारिखमा कतार आउँदै

परदेशी खबर/जनवरी १४, कतार। पहिलो नेपाल आइडल बुद्ध लामा लगायत सेलो गायक संजीव वाइवा त्यस्तै सेलो गायिका अन्जु लामा र म्हेन्दोमाया गायक राम गोम्जा सोनाम ल्होसारको अवसरमा कतार आउने भएका हुन् ।
नेपाल प्रवासी तामाङ समाज कतारको आयोजनामा यहि आउदो जनवरी २४ तारिखका दिन गर्न लागेको मञ्जुश्री सम्वत २८५६ सोनाम ल्होछार जीवा (न्याम्युङ) मूसा वर्गको का उपलक्ष्यमा हुने बृहत साँस्कृतिक कार्यक्रमको अवसरमा अतिथि कलाकारको रुपमा आउने भएको हो ।

समाजले सदा झै ल्होछार कार्यक्रम बृहत रुपमा गर्दै निरन्तरता स्वरूप यसपटक पनि दोहाको मिसाइद स्थित अम्वाज ग्लोबल भिलेज -२ मा बृहत कार्यक्रम आयोजना गरिएको हो ।

तामाङ समुदायको सांस्कृतिक चाड सोनाम ल्होछारलाई भव्य र सभ्य रुपमा सफल बनाउन धेरै ठाउँमा प्रचारप्रसार लाई तीब्र पारेको आयोजक सस्था नेपाल प्रवासी तामाङ समाज कतारका अध्यक्ष धिरेन तामाङले बताउनु भएको छ ।

नेपालबाट आमन्त्रित कलाकारहरु तामाङ कलाकार संघका अध्यक्ष गायक तथा संगीतकार सञ्जीव वाइबा, प्रथम आइडल बुद्ध लामा, सेलो गायिका अञ्जु ठोकर र म्हेन्दोमाया गायक राम गोम्जासँगै लामागुरु, बोम्पो, झाँक्री
लगायत स्थानीय कलाकारहरुको जोडदार प्रस्तुति रहने छ । आगन्तुकहरुलाई सुविधाको लागि दोहाका बिभिन्न ठाउँबाट कार्यक्रममा आउन जानको लागि पनि यातायातको ब्यावस्था रहेको छ ।

तामाङ जातिको परिवर्तन, शैक्षिक तथा आर्थिक सुदृढीकरण” भन्ने मुल नाराका साथ सन २००५मा स्थापना भएको समाजले यसको स्थापना काल देखि नै विभिन्न क्षेत्र समुदाय र विविध कारण पीडित भएकाहरूलाई आर्थिक, नैतिक, भौतिक रुपले सक्रियताका साथ सहयोग तथा योगदान गर्दै आएको छ ।






Related Posts
  • नेपाली समाज युएई द्वारा एक दिने नि:शुल्क स्वास्थ्य परिक्षण सम्पन्न
  • गत हप्ता मुत्ला दुर्घटनामा परेका मृतकहरुको परिवारलाई सम्पर्कमा आउन दुतावासको अनुरोध
  • मोडल राज मल्लको “कुरा” बोलको गितको म्युजिक भिडियो सार्वजनिक
  • लुम्बिनी समाज नेपाल कुवेतले मृगौला पीडितलाइ नेरु. ७० हजार भन्दा बढी आर्थिक सहयोग
  • पछिल्ला सम्प्रेसणहरु

    चीनबाट फर्किएका सबै सकुशल

    तमु समाज युएई द्वारा आयोजित चेलीबेटी भोज (रि-च्हमी स्योकै) कार्यक्रम भव्यरुपमा सम्पन्न

    महरा रिहा, निजीगाडी चढेर खुमलटार लागे

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस