आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

कुवेतमा एक नेपाली महिलाको निधन

परदेशी खबर २७ पुष २०७६, आईतवार १८:२२ मा प्रकाशित ( ४ साल अघि) १७४ पाठक संख्या

फ़ाइल फोटो

परदेशी खबर/ जनवरी १२, कुवेत। रोजगारीका सिलसिलामा घरेलु कामदारको रुपमा कार्यरत मोरङ, लेङटाङकी कुमारी राजवंशीको ९ जनवरी  २०२० का दिन उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जानकारि प्राप्त भएको छ । 

मृतक कुमारी सुरुको दिनमा हाउसमेडमा आएकी उनी पछिल्लो समय गैरकानुनी रुपमा अन्यत्र काम गर्दै आएकी थिइन्। अवैधानिक भएकोले उनी पछिल्लो समय डिपोर्टेशन मार्फत घर फर्कन आप्रवासी सेल्टरमा नेपाल फर्कने तयारीमा थिइन् । सेल्टरमै भएको बेला उनी गत नोभेम्बर ५ तारिखमा एक्कासी बेहोस भए पछि 

उनलाई तत्कालै स्थानीय फर्वानिया अस्पतालमा पुर्‍याइएको थियो । चेकजाँच गर्दा मृगौला, पिसाब र छातीमा समस्या देखिएपछि उनको आइसीयु कक्षमा उपचार गराइरहेको थियो । 

श्रोतको अनुसार नेपाली दुतावास कुवेतले मृतकको परिवार तथा आफन्तहरुसंग समन्वय गरेर उनको शव नेपाल फर्काउने प्रकृया शुरु गरिसकेको जानकारि प्राप्त भएको छ।