आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

तमू समाज कुवेत द्वारा आयोजित तमू च्यु-ल्होसार भव्यताका साथ सम्पन्न

परदेशी खबर २६ पुष २०७६, शनिबार १९:३९ मा प्रकाशित ( ४ साल अघि) ९६८ पाठक संख्या


पदेशी खबर, जनवरी ११, कुवेत l प्ये म्ह्स्याँ छ्या म्ह्मु, छ्या म्ह्स्याँ ल्हु म्ह्मु, ल्हु म्ह्स्याँ म्हि म्ह्मु अर्थात शास्त्र हराए संस्कृति हराउछ, संस्कृति हराए परम्परा हराउछ र परम्परा पनि हराए मानवको अस्तित्व नै हराउछ भन्ने मुल नाराका साथ कुवेतमा सक्रिय संस्था तमु समाज कुवेतले आफ्नो महान एवं मौलिक,साँस्कृतिक चाड तमू ल्होसार (तमू फो-ल्हो (मृग वर्ग) लाई बिदाइ गरेर तमू च्यु ल्हो (मुसा वर्ग) लाई स्वागत गर्दै) हिजो १० जनवरी शुक्रबार कुवेत स्थित हिजुल कबड एरियाको रमणीयस्थलमा पृथक ढंगले विविध खेलकुद, तथा सांस्कृतिक कार्यक्रमको साथमा सम्पन्न गरेको छ।

समाजका अध्यक्ष राजु गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली दुतावास कुवेतका महामहिम राजदूत दुर्गाप्रसाद भण्डारी प्रमुख रहेका थिए भने अतिथिहरुमा कुवेतमा क्रियाशील बिभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, बुद्धिजीवी, खेलाडी, कलाकार, ब्यबसायी, समाजसेवी लगायत उल्लेख्य संख्यामा कुवेतवासि नेपालीहरुको उपस्थिती रहेको कार्यक्रममा आतिथहरुलाई समाजका सल्लाहकार समाजका उपाध्यक्ष यम तमू र रन्जना तमुस्योले संयुक्तरुपमा कार्यक्रम सखोप गुरुङले मन्तब्य द्वारा स्वागत गरेका थिए भने कार्यक्रमलाई संचालन समाजका उपाध्यक्ष यम तमू र रन्जना तमुस्योले संयुक्तरुपमा गरेका थिए।


सभापति,प्रमुख अतिथी र आथितीहरुले संयुक्तरुप द्दिप प्रज्वलन र केक काटेर कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय गान र तमू राष्ट्रिय गित बजाई कार्यक्रमलाई मुर्त रुप दिईएको थिय। समाजका बरिष्ट सल्लाहकार अमर गुरुङ,द्वारा पूजा पाठ अनी धार्मिक परम्परा अनुसार मृग बर्ग र मुसा बर्गका महिला पुरुषहरुलाई शुख शान्तिको कामना गर्दै स्याई स्याई गरी क्रमश ब्यक्तिहरुलाई रिपा लगाई दिएको थियो।भने समाजका बरिष्ट सल्लाहकारहरु अमर गुरुङले तमू ल्होसारको बारेमा प्रष्ट पारेका थिए।

तमू ल्होसार बिशेष शुभ कामना आदान प्रदान कार्यक्रमा प्रमुख अतिथि महामहिम राजदुत दुर्गाप्रसाद भण्डारीले तमू ल्होसारको शुभकामना दिदै आफ्नो रितिरिवाज, कला संस्कृति परम्परा जोगाउन लागि परेको र रक्तदान जस्तो पुन्य कार्य देखि सामाजिक कार्यमा अग्रसर तमु समाजलाई धन्यवाद दिदै नेपाल भ्रमण वर्ष २०२० नेपालको पर्यटकीय नेपाल र कुवेत बीच रही आएको मैत्रिपूर्ण सम्बन्लाई Visit Nepal Year 2020 जस्ता अभियानले पर्यटन क्षेत्रलाई विकसित तथा विस्तार गर्दै लैजाने साथै दुइ देश बीच जनस्तरको सम्बन्ध थप गतिशिल एवं सुदृढ हुने विश्वास ब्यक्त गर्नु भयो गर्नु भएका थिए। यसैगरी एनआरएनए कुवेतका अध्यक्ष सुजन केसी,नेपाल तामाङ घेदुङ कुवैतका अध्यक्ष सुरेश ग्यबा तामाङ,किरात राई यायोक्खा,शखा कुवेतका अध्यक्ष मन्जित राई, माउन्ट एभरेष्ट स्पोर्टिंग क्लब, कुवेतका अध्यक्ष डम्बर रिमाल, नेवा:गूठी कुवेतका अध्यक्ष सुरज मस्के, तमू प्ये ल्हु संघ कुवेतकी अध्यक्ष उमा गुरुङ लगयतले ल्होसारको शुभकामना मन्तव्य दिएका थिए।

कार्यक्रमा सम्पूर्ण उपस्थित पाहुनाहरुलाई नि:शुल्क जलपान र स्वादिष्ट भोजन सेलरोटी अचार चनाको तरकारी, चिउरा खसीको मासु नास्ताले स्वगात गर्दै तमु जातिको परम्परागत रूपमा खेल्दै आएको खेल मुख्य आकर्षणहरुको रूपमा छेलो हान्ने, म् महिला पुरुसको डोरी तान्ने बेलुन फुटाउने देखि लिएर साँस्कृतिक कार्यक्रम रहेको थियो।
सोहि कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रको संचालक महाबिर पुनको यस महा-अभियानमा सहभागिता जनाउदै कुवेतमा तमु समाज कुवेतले २ महिनासम्म अभियानको नेतृत्व लाएर आर्थिक संकलन गर्ने घोषणा गर्दै प्रमुख अतिथि महामहिम राजदुत लगाएत विशिष्ट अतिथिहरुले सामुहिक रुपमा ब्यानर तोलन गरीएको थियो l समाजका सल्लाहकार खोप गुरुङले राष्ट्रिय आविष्कार केन्द्रलाइ राज्यले बेवास्ता गरेकोमा दु:ख प्रकट गर्दै केन्द्रको संचालक महाबिर पुनको यस महा-अभियानलाइ सफल पार्नको लागि सम्पूर्ण कुवेतवासीहरुलाई यस अभियानमा साथ दिन अनुरोध पनि गरेका थिएl


कार्यक्रमको आकर्षक पक्ष खेलकुद छेलो फाल्नेमा खेलमा प्रथम विष्णु थापा मगर र दोस्रो रणबहादुर बिक भएको थियो। त्यस्तै डोरी तान्ने महिला प्रतियोगिता ३ टिमले भाग लिएको थियो तमु समाज कुवेत, किरात राई यायोक्खा शाखा कुवेत र तमू प्ये ल्हु संघ कुवेतले सभागिता जनाएको थियो। जस्मा महिला तर्फ (किरात राई यायोक्खा,शखा कुवेत, प्रथम र दोस्रो स्थानमा तमू प्ये ल्हु संघ कुवेत भएको थियो भने पुरुष तर्फ ७ टिमले सभागिता जनएको थियो। १) तीन किराती संस्था २) तमू समाज कुवेत ३) लम्जुङ सेवासमाज कुवत ४) लुम्बिनी समाज कुवेत ५) नेपाल तामाङ घेदुङ कुवेत ६) कोसेली समुह कुवेत ७) नेपाली जनसम्पर्क समिति कुवेतले सभागिता जनाएको थियो भने खेलमा नेपाली जनसम्पर्क समिति कुवेत प्रथम भएको थियो र दोस्रो स्थानका लागि नेपाल तामाङ घेदुङ कुवेत भएको थियो। यसैगरी महिला हरुको बेलुन फुटाउने खेलमा रिषा तमूस्यो प्रथम र रमिता योञ्जन दोस्रो हुन सफल भएका थिए। बिजयी खेलाडीहरुलाई कप, मेडल, खादा र फेटा लगायतले सम्मान गरीएको थियो।

कार्यक्रमको आकर्षक अर्को पक्ष सांस्कृतिक कार्यक्रम ल्होसार विशेष कार्यक्रमको आकर्षक पक्ष सांस्कृतिक कार्यक्रम रहेको थियो। कार्यक्रमलाई अतिनै भब्य सब्य बनाउन को लागि आफ्नो तमू पहिचान र मौलिकता झल्काउने खालका नृत्य झाउरे,सालैज्यु, कौडा, सोरठी, युगल तथा सामुहिक नृत्य गरी झनै ल्होसार लाई सुगन्ध भर्ने काम समाजका सांस्कृतिक परिवारका कलाकारहरु रुप गुरुङ,भेद प्रसाद गुरुङ,अमृत गुरुङ,कुमारी गुरुङ,सरस्वती गुरुङ,योजान राइ,प्रसाद गुरुङ,श्रेया गुरुङ,निर्मला गुरुङ,सन्तोष डेनी गुरुङ,रमेश लामाको प्रस्तुतिले कार्यक्रमा उपस्थित सम्पूर्ण दर्शकहरु लाई झनै मनोरन्जन दिलएको थियो।

समाजले हरसाल ५ सदस्यहरु लाई सम्मान गर्दै आएको र यसपाली पनि यसलाई निरन्तता दिदै समाजले गोपाल गुरुङ, बुद गुरुङ, भुप्रसाद गुरुङ, सुमित्र गुरुङ र अमृत गुरुङलाई मायाको चिनो सहित खादाले सम्मान गरिएको थियो भने समाजको सबैजान सल्लाहकारहरुलाई पनि समाजले सम्मान गरिएको थियो। कार्यक्रममा सम्पूर्ण उपस्थित पाहुनाहरुलाई नि:शुल्क जलपान र स्वादिष्ट भोजनको व्यवस्था गरिएको थियो

अन्त्यमा कार्यक्रमको समापन गर्दै अध्यक्ष राजु गुरुङले कार्यक्रममालाई पार्नको लागि अहोरात्र खटनु भएका समाजका सल्लाकार तथा सदस्यहरु लगायत शुभचिन्तक सहयोगिहरु सबै प्रति आभार ब्यक्त गर्दै उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सम्पूर्ण सहयोगी कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार,खेलाडी, तथा कलाकारहरु सम्पूर्ण कुवेतवासी नेपाली दर्शकहरुलाई सबैलाई बिशेष धन्यवाद दिदै कार्यक्रम समापनको घोषणा गरेका थिए ।
तमू सस्कृति झल्किने नृत्य र गीत हरु प्रस्तुत गरि भरपुर मनोरंजन साथ कार्यक्रम बेलुकी ८ बजे सम्पन्न भएको थियो उक्त कार्यक्रममा आउन जानको लागि आयोजकको तर्फाबाट नि:शुल्क यातायातको ब्याबस्था गरिएको थियो।