नेपाल मगर सँघ कुवेतको तेस्रो आधिवेशन तथा माघे सकराती चाड आगामी १७ जनवरीमा मनाउदै

परदेशी खबर/जनवरी ८, कुवेत। नेपाल मगर सँघ कुवेतको तेस्रो आधिवेशन तथा माघे सकराती चाड कार्यक्रम आगामी १७ जनवरीमा कुवेतको फर्वानियास्थित युनिक अडेटोरियम हलमा मनाउने भएको छ।

उक्त कार्यक्रममा मगर सँघ नेपालका केन्द्रिय महासचिव ज्ञानेन्द्र पुन मगरको बिशेष उपस्थिति रहने मगर सँघ कुवेतका अध्यक्ष मित्र बहादुर सिंजाली मगरले जानकारि दिएका छन्।

कार्यक्रममा मगर सँघ कुवेतले अधिवेशनको साथै मगरहरुको राष्ट्रिय तथा साँस्कृतिक पर्व एवं नेपालीहरुको महान चाड माघे सकरातीलाई लक्षित गर्दै मगर भाषा, संस्कृति, भेषभूषा एवं मौलिकताहरु झल्कने खालका कौरा, हुर्रा, सोरठी जस्ता मगर नृत्यहरु देखाउने छ भने सालैजुको लाईभ प्रस्तुती सहित बिभिन्न मगर परिकारहरुले सम्पूर्ण कुवेतवासी मगर तथा गैर मगर नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई स्वागत गर्नेछ ।

१५ जुन २०१२ मा मगर सँघ नेपालका पुर्व केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगरको बिशेष उपस्थितिमा बिधिवत रुपमा स्थापना भएको मगर सँघ कुवेतले आफ्नो ४-४ बर्षे लामो २ कार्यकाल कुवेतको नेपाली समाजका चिरपरिचित जेष्ठ व्यक्तित्व मित्र बहादुर सिंजाली मगरको अध्यक्षतामा सफलतापूर्वक पुरा गरेको छ भने आगामी तेश्रो अधिवेशनले युवाहरुको जमातमा नयाँ नेतृत्व चयन गर्ने छ ।

अधिवेशन खुल्ला-सत्र पद्धतीबाट निर्विरोध रुपमा सम्पन्न गरिने जानकारी दिंदै मगर सँघ कुवेतमा आवद्ध हुन ईच्छुक समस्त कुवेतमा पेशारत मगर दाजुभाई तथा दिदीबहिनीहरुलाई सँघले खुल्ला आव्हान गरेको छ भने अन्य नेपाली सँघ-संस्था एवं समस्त कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त दिन माघे सकराती तथा अधिवेशनमा उपस्थिती जनाई कार्यक्रमको शोभा बढाई दिन अनुरोध गरेको छ ।

कार्यक्रमको विवरण 

मिति : १७ जनवरी २०२०, शुक्रबार

समय : बिहानको ठिक ११.०० बजे, उप्रान्त

स्थान : युनिक अडेटोरियम हल फर्वानिया, कुवेत

संपर्क : जय आले मगर – ९९१०१४०८, मनु भुजेल मगर – ६९३३३८८३, बसन्त थापा मगर – ५०३४३९९३, राजेन्द्र आले मगर – ६९०७६५९१, जंग घर्ती मगर – ६०००८६७९, केदार आले मगर – ६६१९७८८९, दिल ब. पुन मगर – ९००२८२८६






Related Posts
  • इनास कुवेत द्वारा आयोजित छैटौं बार्षिक उत्सव तथा सहयोगार्थ बृहत संस्कृतिक कार्यक्रम सम्पन्न
  • किराया शाखा युएईको राष्ट्रिय आबिष्कार केन्द्र प्रचार प्रसार सहयोगार्थ तथा यलेदोङ बृहत सांस्कृतिक कार्यक्रमको तयारी पुरा
  • युएईमा कास्की आदर्श सेवा समाज र तनहुँ सेवा समाजले संयुक्तरूपमा भलिबल प्रतियोगिता आयोजना गर्दै
  • नेपाल कुवेत साँस्कृतिक मञ्चको १० औं वार्षिक उत्सव सम्पन्न
  • पछिल्ला सम्प्रेसणहरु

    नेपाल मगर शाखा यूएईद्वारा आयोजित माध्या सकराटी मेला तथा बृहत सांस्कृतिक साझ-२०२० भब्यरुपमा सम्पन्न

    इनास कुवेत द्वारा आयोजित छैटौं बार्षिक उत्सव तथा सहयोगार्थ बृहत संस्कृतिक कार्यक्रम सम्पन्न

    किराया शाखा युएईको राष्ट्रिय आबिष्कार केन्द्र प्रचार प्रसार सहयोगार्थ तथा यलेदोङ बृहत सांस्कृतिक कार्यक्रमको तयारी पुरा

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस