युएईमा तमु च्यु ल्होसार बृहत सांस्कृतिक कार्यक्रमको तयारी पूरा

परदेशी खबर/ जनवरी ७, युएई। तमु समाज युएईले यही आउदो १० जनवरी २०२० शुक्रबार युएईको राजधानी अबुधाबी स्थित मलायली समाजम क्लब मुसाफा ( KM trading पछाडी) मा आयोजना गर्न गइरहेको तमु समुदायको मौलिक महान चाड तमु च्यु ल्होसार (मुसा वर्ग) २०७६ बृहत सांस्कृतिक कार्यक्रमको तयारी पूरा भएको  छ।

उक्त कार्यक्रममा ल्हो (वर्ग) अनुसार ल्हो बिदाइ र ल्हो आगमन हुने व्यक्तिहरुलाई खेगी चिवाहरु द्वारा रुपा (रिपा) धागो लगइ स्याइ स्याइ गर्ने कार्यक्रम रहेको छ भने तमु जाति (समुदाय) मौलिकता झल्काउने खेगी चिवाहरु द्वारा आशिमाला र्झांकी प्रस्तुति गर्ने भएको छ।

 कार्यक्रममा नेपालबाट आमन्त्रित अतिथि कलाकारको रुपमा गुरुङ चलचित्रका नायक, निर्देशक, गीतकार, संगितकार एवं बहुचर्चित गायक गुरुङ र बुगि उगिका बिजेत, मोडेल तथा नृत्याङ्गना कविता नेपाली बुधबार युएई आउने भएको छ भने कार्यक्रममा नेपालबाट आमन्त्रित अतिथि कलाकार गुरुङ चलचित्रका नायक , निर्देशक, गीतकार, संगीतकार तथा गायक मनोज् गुरुङको बिशेष सांगीतिक प्रस्तुतिका साथ बुगि उगिका बिजेता,मोडेल एवं नृत्याङ्गना कविता नेपालीको जोडदार धमाका सहित युएईमा चर्चित नेपाली स्थानीय कलाकारहरु गायक अमृत गुरुङ,गायक,बिजय गुरुङ र गायक दिपक गुरुङको सांगीतिक प्रस्तुति साथ कलाकार किरण गुरुङ,पुर्णिमा गुरुङ,दीपक गुरुङ,ओमी गुरुङ,रीना गुरुङ,आश गुरुङ,शालु गुरुङ,सुजन गुरुङ,भुवन थापामगर,स्वेता लामा,होम रजाली,नरजित राना,लक्ष्मण थापा,कला थापा,कल्पना थापा,इनु थापा,सोनु रानामगर,दिनेश श्रेष्ठ ,कुशल बुचा,दुर्गा थपलिया,बबिन बिसी,अनिता लामा र नेहा कुसुमको बेजोड प्रस्तुती रहने भएको छ भने नेपाल मगर संघ शाखा युएईको कौडा नृत्य प्रस्तुतिको साथ सालैजो नृत्य र फ्युजन डान्स क्रु को बिशेष प्रस्तुति रहने भएको छ।

उक्त कार्यक्रमा मुख्य प्रायोजक ग्रीन लाइन ट्राभल एण्ड टुरिजम एलएलसी अबुधाबी ,प्रायोजकमा नेपाली चुलो रेष्टुरेन्ट अबुधाबी,हिमालयन रेष्टुरेन्ट साबिया अबुधाबी,सागर ज्वेल्लरी अबुधाबी,भान्सा घर रेष्टुरेन्ट  अबुधाबी,लजिज टि कफि अबुधाबी,कान्तिपुर ट्राभल एण्ड टुरिजम अबुधाबी र प्राइम कार्गो अबुधाबी रहेको छ भने मिडिया पार्टनरमा गोर्खाली रेडियो १०६ मेगाहर्ज,परदेशी खबर डटकम,फिस्टेल न्युज र कुवेत नेपाल डककम रहेको छ।

कार्यक्रम भव्य र सभ्य बनाउनको लागि कार्यक्रम स्थान सम्म जान र आउनको लागी यातायातको व्यवस्था समेत गरेको छ ।  

दुबईको लागी राजु गुरुङ – ०५६५४७२०७७ , इना गुरुङ – ०५६६१८५५१३,सारजाह र अजमानको लागि संजय गुरुङ (आशिक) – ०५२४०८४४२३,इन्द्र गुरुङ – ०५२९९७५२९४ रहेको छ भने अबुधाबीको लागि नवीन गुरुङ – ०५२७८९६७८८ रहेको छ।

उक्त ल्होसार कार्यक्रम  भव्य र सभ्यरुपमा सम्पन्न र सफल बनाउनको लागि युएईमा स्थापित संघ संस्थाका प्रमुख, प्रतिनिधि, व्यवसायी, समाजसेवी,दाजुभाइ तथा दिदिबहिनीहरुलाई गरिमामय उपस्थितिको लागि तमु समाज युएईका उपाध्यक्ष एवं तमु च्यु ल्होसार कार्यक्रम संयोजक नन्द जंग गुरुङले हार्दिक निमन्त्रणा समेत गरेका छन्।






Related Posts
  • मोदीलाई प्रधानमन्त्री ओलीको सन्देश- इतिहासले विरासतमा छाडेको सीमा समस्या मिलेर सल्टाऔं
  • १३ मुस्लिम देशका नागरिकलाई यूएईले रोक्यो नयाँ भिसा
  • राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित चार क्रिकेट खेलाडीमा कोरोना संक्रमण
  • रहेनन् विश्वप्रसिद्द फूटबलर म्याराडोना
  • पछिल्ला सम्प्रेसणहरु

    मोदीलाई प्रधानमन्त्री ओलीको सन्देश- इतिहासले विरासतमा छाडेको सीमा समस्या मिलेर सल्टाऔं

    १३ मुस्लिम देशका नागरिकलाई यूएईले रोक्यो नयाँ भिसा

    ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन : ‘नेपालका प्रधानमन्त्री केपी ओली भ्रष्टाचारका आरोपी सहकर्मीको प्रतिरक्षामा आफैँ उत्रिन्छन्

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस