चर्चित पूर्वेली भाकाकी गायिका सुनिता थेगिमले तताइन कतार

परदेशी खबर / जनवरी ५ कतार l संघीय लिम्बुवान सामाजिक मञ्च केन्द्रिय समिती कतारको आयोजनामा गत वर्ष झै अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर बृहत बनभोज तथा सास्कृतिक कार्यक्रम गत शुक्रबार सम्पन्न भएको छ ।

मञ्चले गत ३ तारिक शुक्रबार कतारको दोहा देखि ४० किमि टाढा पर्ने सुन्दर ठाउँ अलदोसरि गार्डेनमा गरेको कार्यक्रममा नेपालकी राष्ट्रिय गायीका सुनिता थेगिम तथा स्थानिय कलाकारहरु को बेजोड सांगीतिक प्रस्तुति रहेको थियो ।

मन्चका अध्यक्ष रेखा राईको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कतारमा रहेका स्थापित विभिन्न संघसंस्था,अग्रज व्यत्तित्वहरु, सामाजिक अभियानता, व्यावसायी, पत्रकार, कलाकार, शुभेच्छुक, नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त औपचारिक कार्यक्रमको संचालक कार्यवाहक महासचिव देबिन आङ्देम्बे र सास्कृतिक कार्यक्रम भने सृजन लिम्बु र सुजन लिम्बूले गरेका थिए।


दिप प्रज्वलन ब्यानर उत्घाटन गर्दै सुरु गरिएको औपचारिक कार्यक्रममा संस्थाका बरिष्ठ उपाध्यक्ष डम्बर लिम्बूले उपस्तिथ सम्पुर्ण लाई स्वागत मन्तव्यबाट स्वागत गर्दै आफ्नो संस्थाले बनभोज तथा संस्कृतिक कार्यक्रम गर्नुको औचित्य प्रकाश पार्दै अंग्रेजी नयाँ बर्षले सबै नेपाली माझ वर्ष भरि भएका तुस सफा गर्दै मित्रभाव जगाउन सकोस र सहकार्य रही रहोस् भन्ने चाहनाले पनि कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा मन्तव्य राख्ने अथितीहरु सबैले कार्यक्रमको सफलताको शुभकामना मन्तव्य राख्दै “सलिसाम “कतारले गरेको विभिन्न सामाजिक काम प्रती खुलेर प्रसंशा गरेक थिए भने रेगिस्तानी कवि तिर्थ सङ्गम राईको (आमा ) सम्बन्धी कविता वाचनले सबैलाई भावुक बनाएको थियो।

सलिसाम कतारले सामाजिक, आर्थिक नैतिक संगै नेपालीहरुको विभिन्न चाड पर्वमा कार्यक्रम तथा फुटबल खेलहरुमा भब्य तरिकाले सक्रियताका साथ सहभागिता हुँदै आइरहेको छ ।

संस्कृतिक कार्यक्रममा रिता आङ्देम्बे लिम्बूले लिम्बू भाषाको गीतमा नृत्य प्रस्तुत गरिन भने अन्य कलाकार गायन तर्फ बिकेस लिम्बूको सम्झना सलल,मौसम लिम्बू: बल्ल बल्ल भेट भो,गौतम लिम्बू-सम्झदै बस्दै छु,उज्ज्वल तामाङ-घुम्न सरर त्यस्तै अमृत लिम्बू लगायतका कलाकारले गायन प्रस्तुत गरे थिए साथै मोडल उर्मिला लामा र बिरुसा वाइबा, सुस्मिता सन्खरको नृत्य पनि धेरैले मन पराए।

कार्यक्रममा चर्चित गायिका नेपालबाट आमन्त्रित अतिथि राष्ट्रिय कलाकार सुनिता थेगिम लिम्बुले ए हजुर मायाँ हजार, छ् मायाँ आउ ओर ओर छैन भने जाउ पर पर, लिम्बू भाषाका गीत, साकेला, धान नाच याराक लगायतका जस्ता १ दर्जन गीतमा आफ्नो प्रस्तुति दिदा दर्शकहरुले भरपुर्ण मनोरञ्जन लिए भने बिच बिचमा “वान्स मोरको ” सब्दले माहोल झनै तताएको थियो । त्यसमाथि मीठो स्वरकि धनी लिम्बुले अझ स्टेज तताउन सफल रहिन ।

इलामको माङ्सेबुङमा जन्मिएकी गायिका थेगिम खास गरी पूर्वेली भाकामा चर्चित र लोकप्रिय गायिका पूर्वेली नेपालीहरुको मन मुटुमा बस्न सफल रहेकी छिन । कार्यक्रममा विभिन्न उपहार सहितका रोचक खेलहरु पनि खेलाइएको थियो जस्मा सुस्मिता सन्खरले ११ जना प्रतिस्पर्धा लाई उछिन्दै पहिलो म्यूजिकल चेयर पुरस्कार जित्न सफल रहिन ।

अन्त्यमा सभापति रेखा राइले बोल्दै विभिन्न ब्यास्थताको बावजुट पनि कार्यक्रममा उपस्थिति जनाएर सफल पार्नुहुने अतिथि,कलाकार र दर्शक र कार्यसमितिका सम्पुर्णमा धन्यवाद ब्यक्त गरिन । आगामी दिनमा पनि आफ्नो सस्थाले अझ बृहत तरिकाले अगाडि बढ्ने बताउदै कार्यक्रमको समापनको घोषणा गरेकी थिइन्।






Related Posts
  • इनास कुवेत द्वारा आयोजित छैटौं बार्षिक उत्सव तथा सहयोगार्थ बृहत संस्कृतिक कार्यक्रम सम्पन्न
  • किराया शाखा युएईको राष्ट्रिय आबिष्कार केन्द्र प्रचार प्रसार सहयोगार्थ तथा यलेदोङ बृहत सांस्कृतिक कार्यक्रमको तयारी पुरा
  • युएईमा कास्की आदर्श सेवा समाज र तनहुँ सेवा समाजले संयुक्तरूपमा भलिबल प्रतियोगिता आयोजना गर्दै
  • नेपाल कुवेत साँस्कृतिक मञ्चको १० औं वार्षिक उत्सव सम्पन्न
  • पछिल्ला सम्प्रेसणहरु

    नेपाल मगर शाखा यूएईद्वारा आयोजित माध्या सकराटी मेला तथा बृहत सांस्कृतिक साझ-२०२० भब्यरुपमा सम्पन्न

    इनास कुवेत द्वारा आयोजित छैटौं बार्षिक उत्सव तथा सहयोगार्थ बृहत संस्कृतिक कार्यक्रम सम्पन्न

    किराया शाखा युएईको राष्ट्रिय आबिष्कार केन्द्र प्रचार प्रसार सहयोगार्थ तथा यलेदोङ बृहत सांस्कृतिक कार्यक्रमको तयारी पुरा

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस