पत्रकार महासंघ कुवेतले कोषाध्यक्ष प्रदिप नेपालीलाइ संस्थागत रूपमा विदाइ गर्यो

परदेशी खबर / जनवरी ४, कुवेत l नेपाल पत्रकार महासंघ कुवेतले संस्थाका कोषाध्यक्ष प्रदिप नेपालीलाइ संस्थागत रूपमा विदाइ गरेको छ।

विदाइ कार्यक्रम महासंघका अध्यक्ष हरिकृष्ण न्योपानेको सभाध्यक्षतामा सम्पन्न विदाइ कार्यक्रममा स्थानिय रूपमा संचालित सबै मिडिया हाउसका प्रतिनीधिहरूको उपस्थिति रहेको थियो।

महासंघ कुवेतमा विभिन्न पदिय जिम्मेवारीमा रहेर कार्य गरि सकेका संस्थाका कोषाध्यक्ष प्रदिप नेपालीलाइ महासंघले पत्रकारिता क्षेत्रको विकास र विस्तारको लागि संगठित भएर योगदान दिएको भन्दै मायाको चिनो, दोसल्ला र खादा ओढाएर सम्मान गरेको हो।

विगत ७ वर्ष देखि कुवेतमा कार्यरत रहेर कुवेतलाई बिट मार्दै स्वदेश फर्कन लागेका कोषाध्यक्ष नेपाली सामुदायिक पत्रकारितमा जमेर लागेका थिए भने स्थानिय स्तरबाट संचालित अनलाइन मिडिया परदेशी खबर डटकममा हुदै हाम्रोसंचार डट कमको प्रमुखको रूपमा कलम चलाउँदै आएका छन् ।

कार्यक्रममा अध्यक्ष लगायत उपस्थित सबैले नेपालीले महासंघमा आवद्ध भएर गरेको योगदानको चर्चा गर्दै अहिलेसम्म महासंघलाइ अघि बढाउन आफ्नो तर्फबाट सक्दो योगदान गरेकोमा धन्यवाद दिंदै आगामी दिनमा पनि उत्तरोत्तर प्रगति र उज्वल भविष्यको कामना गरेका थिए।

विदाइ ग्रहण गर्दै नेपालीले प्रवासमा सिकेको पत्रकारितालाइ नेपालमा गएर पनि निरन्तरता दिने जनाउँदै संस्थामा आवद्ध भएर अग्रजहरू तथा सहयकर्मी साथीहरूबाट सिक्ने सिकाउने क्रममा छुटिदाका दिनसम्म केहि कमि कम्जोरी भएमा क्षमाप्रार्थी रहेको बताउँदै विश्वको जुनसुकै कुनामा रहे पनि सबैसँग सम्पर्कमा रहिरहने र आफ्नो तर्फबाट गर्ने सक्ने योगदानमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएका थिए ।






Related Posts
  • इनास कुवेत द्वारा आयोजित छैटौं बार्षिक उत्सव तथा सहयोगार्थ बृहत संस्कृतिक कार्यक्रम सम्पन्न
  • किराया शाखा युएईको राष्ट्रिय आबिष्कार केन्द्र प्रचार प्रसार सहयोगार्थ तथा यलेदोङ बृहत सांस्कृतिक कार्यक्रमको तयारी पुरा
  • युएईमा कास्की आदर्श सेवा समाज र तनहुँ सेवा समाजले संयुक्तरूपमा भलिबल प्रतियोगिता आयोजना गर्दै
  • नेपाल कुवेत साँस्कृतिक मञ्चको १० औं वार्षिक उत्सव सम्पन्न
  • पछिल्ला सम्प्रेसणहरु

    नेपाल मगर शाखा यूएईद्वारा आयोजित माध्या सकराटी मेला तथा बृहत सांस्कृतिक साझ-२०२० भब्यरुपमा सम्पन्न

    इनास कुवेत द्वारा आयोजित छैटौं बार्षिक उत्सव तथा सहयोगार्थ बृहत संस्कृतिक कार्यक्रम सम्पन्न

    किराया शाखा युएईको राष्ट्रिय आबिष्कार केन्द्र प्रचार प्रसार सहयोगार्थ तथा यलेदोङ बृहत सांस्कृतिक कार्यक्रमको तयारी पुरा

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस