आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024
FLASH NEWS

पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढ्यो

परदेशी खबर १७ पुष २०७६, बिहीबार ००:४१ मा प्रकाशित ( ४ साल अघि) ६५ पाठक संख्या

काठमाडौं : बुधबार इन्धनको मूल्य बढेको छ। नेपाल आयल निगमले बुधबार मध्य रातबाट लागू हुने गरी इन्धनको मूल्य बढाएको हो। 

निगले भारतीय आयल कर्पोरेशनले पठाएको मूल्य सूची अनुसार पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको हो। अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य बढेपछि आईओसीले पठाएको सूची अनुसार मूल्य बढेको निगमले जनाएको छ। अब पेट्रोल प्रतिलटर १११ पुगेको छ भने डिजेल र मट्टीतेल एक सय रुपैयाँ पुगेको छ। 

यसअघि पेट्रोल १०९ रुपैयाँमा पाइन्थ्यो भने डिजेल र मट्टीतेल ९८ रुपैयाँ पथ्र्यो। आयल निगमले हवाई इन्धन र खाना पखाउने एलपी ग्यासको मूल्य भने यतावत रहेको बताएको छ। यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेका छ्न ।