नेपालमाथि फेरि अर्को ‘नाकाबन्दी’ : नेपाली संसारभर छिर्नबाट बञ्चित हुनसक्ने

आतंकवादी क्रियाकलापबाट आर्जित आम्दानीउपर सूक्ष्म निगरानी राख्दै आर्थिक बृद्धिदर, कर प्रणाली र आर्थिक अनुशासनको अध्ययन, अनुगमन र विश्लेषणका आधारमा बाहिरका विज्ञले गर्ने ठहर कति शक्तिशाली हुन्छ भने देश नै कालोसूचीमा पर्न पनि सक्छ । यदी त्यसो भयो भने, नेपालीले संसारभर छिर्नबाट बञ्चित हुनुपर्नेदेखि सबैजसो कारोबार अवैध मानिने खतरा सन्निकट छ l

यस्तो अध्ययन गर्ने टोली अर्को अक्टोबरमा आउँदैछ । टोलीले आफ्नो त परै जाओस्, सीमा गाँसिएका देशको पनि अध्ययन गर्न पाउँदैन । आफ्नो राष्ट्रसँग कुनै कारोबार वा स्वार्थ नभएका देशका मानिस त्यसमा हुन्छन् । दशैंताका आउने टिमसँग कसरी ट्याकल गर्ने भनेर अर्थले कानुन सचिवको संयोजकत्वमा कमिटी बनाएको छ । उक्त टोलीलाई हाम्रो प्रगतिको प्रमाणसहित विवरण दिनुपर्ने हुन्छ । अहिले लफडामा परेका देश पाकिस्तान, श्रीलंका, कम्बोडियामाथि ३६ वटा विकसित मुलुक सदस्य रहेको फाइनान्सीयल एक्सन टास्कफोर्सअन्तर्गत एशिया–प्रशान्त क्षेत्र हेर्ने टिमले निगरानी गरिरहेको छ । उनीहरुले विद्वानका कुरा सुनेर होइन, अपरेशन लेभलमै ४० वटा सूचकअन्तर्गत प्रगति वा अधोगति हेर्छन् ।

यसमा अरु मामिलामा जस्तो मिठो बोलेर वा स्वादिलो खुवाएर उम्किने सम्भावना हुँदैन । यही कुरालाई दृष्टिगत गर्दै नेपालले आतंककारी वा शंकास्पद लगानीमा संलग्न दुई मुद्दा अगाडि बढाएको छ । भारतको पूर्वोत्तर क्षेत्रमा सक्रिय आतंककारी संगठन उल्फाको लगानी भित्राउने निरञ्जन होजाईपछि पनि अरु दुई मुद्दा चलिरहेका छन् । २०७१ सालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण हुँदा हिन्दुधर्मको प्रचार गरिरहेका दुई बंगलादेशी हसाइम इस्लाम र रियल मियाँसँग साउन १९ गते प्रहरीले नेपाली नागरिकता भेटेको थियो । पशुपति मन्दिरबाट पक्राउ परेका उनीहरुले बाँकेको कटरकुइया गाविस–४ बाट नागरिकता लिएका थिए ।

त्यसअघि बर्मेली नागरिक शंकरप्रसाद गुरागाईँ र भारतीय नागरिक सुरेश अधिकारीसँग पनि यसरी नै नेपाली नागरिकता भेटिएको थियो । भारततिर आतंकवादी गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका उनीहरुले झापा जिल्ला प्रशासनबाट नागरिकता दिएका थिए ।

यही गिरोहका अरु ८ जनासँग पनि हाम्रो देशको नागरिकता थियो । सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागले यी १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेकोमा गुरागाईँ र अधिकारीबाहेक सबै फरार छन् । उनीहरु भारतको आतंकवादी गतिविधिमा संलग्न प्रिपाक, युपिपिके, केसिपीजस्ता समूहमा आवद्ध थिए र उताको पैसा नेपालमा ल्याएर सम्पत्ति शुद्धिकरणको उद्देश्यले व्यवसायमा लगानी गरेको सूचनाका आधारमा पक्राउ परेका हुन् ।यो समाचार आजको जनआस्था साप्ताहिकमा छ ।






Related Posts
  • नेपाल मगर शाखा यूएईद्वारा आयोजित माध्या सकराटी मेला तथा बृहत सांस्कृतिक साझ-२०२० भब्यरुपमा सम्पन्न
  • बागमती प्रदेशमा शुक्रबार सार्वजनिक बिदा
  • नेवा:पुच: युएईका उपाध्यक्ष एवम् फोनिज युएईका कावा अध्यक्ष राजेश प्रधानलाई बिदाई
  • राजु गोलेको “ह्युल्सादा ख्लासी” गीतको म्युजिक भिडियो सार्वजनिक
  • पछिल्ला सम्प्रेसणहरु

    नेपाल मगर शाखा यूएईद्वारा आयोजित माध्या सकराटी मेला तथा बृहत सांस्कृतिक साझ-२०२० भब्यरुपमा सम्पन्न

    इनास कुवेत द्वारा आयोजित छैटौं बार्षिक उत्सव तथा सहयोगार्थ बृहत संस्कृतिक कार्यक्रम सम्पन्न

    किराया शाखा युएईको राष्ट्रिय आबिष्कार केन्द्र प्रचार प्रसार सहयोगार्थ तथा यलेदोङ बृहत सांस्कृतिक कार्यक्रमको तयारी पुरा

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस