तीन दिन वर्षा र हिमपातको सम्भावना

काठमाडौं : बुधबारबाट तीन दिन वर्षा र हिमपातको सम्भावना रहेको छ। नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापिय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ।

नेपालमा अहिले देशभरी नै आंशिक तथा सामान्य बदली हुने महाशाखाले जनाएको छ।  बुधबार बिहान ६ बजे महाशाखाले जारी गरेको बुलेटिनमा मौसम बदली सँगै वर्षा/हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न सतर्कता अपनाउन अनुरोध गरिएको छ। 

बुधबार पहाडी र हिमाली भू-भागका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र पहाड तथा तराईका १-२ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बिहीबार पनि देशभर सामान्य बदली भई उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका थोरै स्थानहरुमा हल्कादेखि मध्यम  वर्षाको सम्भावना रहेको छ।

शुक्रबार देशभर सामान्य बदली भई उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका थोरै स्थानहरुमा हल्कादेखि मध्यम  वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ।

मौसम विभागका अनुसार मंगलबार (हिजो) जुम्लामा सबैभन्दा कम जुम्लामा माइनस ४.९, काठमाडौंमा +१.५, भैरहवा +२.५, पोखरा +४.५ न्युनतम तापक्रम मापन गरिएको छ। यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेका छ्न ।  






Related Posts
  • कुवेतमा कोरोना संक्रमनबाट ७३ हजार ७८५ सङ्क्रमित, ७१७ नयाँ संक्रमित, तीन जनाको मृत्‍यु (अपडेट)
  • पत्रकार बलराम बानियाँ मृत फेला
  • सुनको मूल्यमा भारी गिरावट, तोलामै घट्यो ६ हजार २००
  • रुसले दर्ता गर्‍यो विश्वको पहिलो कोरोना भ्याक्सिन
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा कोरोना संक्रमनबाट ७३ हजार ७८५ सङ्क्रमित, ७१७ नयाँ संक्रमित, तीन जनाको मृत्‍यु (अपडेट)

    पत्रकार बलराम बानियाँ मृत फेला

    सुनको मूल्यमा भारी गिरावट, तोलामै घट्यो ६ हजार २००

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस