बेचबिखनमा परेका २ हजार ८ सय ६७ जनाको उद्दार

काठमाडौं : सन् २०१९ मा मानव बेचबिखनमा परेका २ हजार ८ सय ६७ जनाको उद्दार माइती नेपालले गरेको छ । सन् २०१९ को जनबरीदेखि डिसेम्बरसम्म नेपाल,भारत सीमा तथा अन्य देशबाट बेचिएका लगभग ३ हजार मानिसको उद्दार गरिएको हो ।

 

दिन प्रतिदिन बढ्दै गएको मानव बेचबिखन तथा ओसारपसारले विकराल रूप लिन थालेको माइती नेपालका अध्यक्ष विश्वराम खड्का बताउँछन् । 

मंगलबार माइती नेपालमा भएको एक कार्यक्रममा बोल्दै उनले माइती नेपालले सन् २०१९ को जनबरीदेखि डिसेम्बरसम्म महिला तथा बालबालिका लगायत अन्य हिंसामा परेका व्यक्तिहरूको हकमा विभिन्न कार्य गरेको बताए । 

उनले नेपाल भारत सिमानाबाट २ हजार ४ सय ८५ जना, भारतबाट बेचबिखनमा परि श्रम तथा यौन शोषणमा रहेका ३ सय २२ जना, खाडीबाट १६ जना र आन्तरिक बेचबिखनबाट ४४ जना उद्धार गरेको जानकारी दिए । 

खोजतलास तथा उद्धारका लागि  १ हजार ८ सय ६७ निवेदन परेकोमा ४ सय ३५ जनालाई फेला पारेको उनले बताए । यस्तै १ हजार ३ सय ८४ जनालाई नेपाल भारतको सीमा नाकाबाट परामर्श दिइ सुरक्षित घर फर्काइएको र २ लाख ४८ हजार ६ सय ४३ वटा यातायातका साधनमा निगरानी गरेको उल्लेख गरे । यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेका छ्न । 






Related Posts
  • नेपाल मगर शाखा यूएईद्वारा आयोजित माध्या सकराटी मेला तथा बृहत सांस्कृतिक साझ-२०२० भब्यरुपमा सम्पन्न
  • बागमती प्रदेशमा शुक्रबार सार्वजनिक बिदा
  • नेवा:पुच: युएईका उपाध्यक्ष एवम् फोनिज युएईका कावा अध्यक्ष राजेश प्रधानलाई बिदाई
  • राजु गोलेको “ह्युल्सादा ख्लासी” गीतको म्युजिक भिडियो सार्वजनिक
  • पछिल्ला सम्प्रेसणहरु

    नेपाल मगर शाखा यूएईद्वारा आयोजित माध्या सकराटी मेला तथा बृहत सांस्कृतिक साझ-२०२० भब्यरुपमा सम्पन्न

    इनास कुवेत द्वारा आयोजित छैटौं बार्षिक उत्सव तथा सहयोगार्थ बृहत संस्कृतिक कार्यक्रम सम्पन्न

    किराया शाखा युएईको राष्ट्रिय आबिष्कार केन्द्र प्रचार प्रसार सहयोगार्थ तथा यलेदोङ बृहत सांस्कृतिक कार्यक्रमको तयारी पुरा

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस