इराकस्‍थित अमेरिकी दूतावासमा तोडफोड र आगजनी

बगदाद : इराकको राजधानी बगदादस्थित अमेरिकी राजदूतावासको कम्पाउन्डभित्रै इराकी प्रदर्शनकारीले आगजनी र तोडफोड गरेका छन् ।

दूतावासको मुख्य गेट नै तोडफोड गरी उनीहरुले आगजनी गरेका हुन् । जहाँ टियर ग्यास र गोली प्रहारको आवाज समेत सुनिएको स्थानीय मिडियाले जनाएका छन् । मंगलबार दिउँसो सयौंको संख्यामा दूतावास गेटमा पुगेका प्रदर्शनकारीले दूतावासका सिसी क्यामेरा फुटाउनुका साथै चर्को नारावाजी गरेका थिए ।

प्रदर्शनको भिडियो समेत सार्वजनिक भएको छ । जहाँ तीनजना अमेरिकी सुरक्षाफौज दूतावासको छतमा देखिन्छन् । यससँगै दूतावासले अडिओ मार्फत भीडलाई दूतावासमा नछिर्न चेतावनी दिएको छ ।

साथै इराकका लागि अमेरिकी राजदूत र कर्मचारी कार्यालयबाट बाहिरिएका छन् । दिउँसो दूतावास अगाडि प्रदर्शन गरेका प्रदर्शनकारीले अहिले हिंसात्मक आन्दोलन सुरु गरेका हुन् ।

अमेरिकी सेनाले इराक र सिरियामा २५ जनाको ज्यान जाने गरी आक्रमण गरेको भोलिपल्टै यस्तो घटना भएको हो । प्रदर्शनकारीले अमेरिकाविरोधी चर्को नारावाजी गरेका छन् । गेटभित्र पानीका बोतल फाल्नुका साथै नारावाजी गरेका थिए ।  यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेका छ्न ।






Related Posts
  • कुवेतमा कोरोना संक्रमनबाट ७३ हजार ७८५ सङ्क्रमित, ७१७ नयाँ संक्रमित, तीन जनाको मृत्‍यु (अपडेट)
  • पत्रकार बलराम बानियाँ मृत फेला
  • सुनको मूल्यमा भारी गिरावट, तोलामै घट्यो ६ हजार २००
  • रुसले दर्ता गर्‍यो विश्वको पहिलो कोरोना भ्याक्सिन
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा कोरोना संक्रमनबाट ७३ हजार ७८५ सङ्क्रमित, ७१७ नयाँ संक्रमित, तीन जनाको मृत्‍यु (अपडेट)

    पत्रकार बलराम बानियाँ मृत फेला

    सुनको मूल्यमा भारी गिरावट, तोलामै घट्यो ६ हजार २००

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस