मेसिनमा परेर मलेसियामा नेपाली कामदारको मृत्यु

क्‍वालालम्पुर: सोमबार मलेसियाको मलाक्का राज्यमा एक नेपाली कामदारको मृत्यु भएको छ।मासु पेल्ने मेसिनमा खसेर उनको ज्यान गएको हो ।

‘द मलाक्का फायर डिर्पाटमेन्ट’का जुलखैरनी राम्लीका अनुसार ४७ वर्षीय नेपाली कामदार मासु प्रशोधन उद्योग मस्जिद तनाहका कामदार थिए। मृतक नेपाली भएको खुले पनि नाम र नेपालको ठेगाना भने अझै खुल्न सकेको छैन।

तीन कामदार सहित मेसिन मर्मत गर्ने क्रममा अकस्मात मेसिन खुलेपछि उनी तानिएको बताइएको छ।कम्मर पेलिएको कारण उनको घटनास्थलमै मृत्यु भएको हो। जुलखैरनीका अनुसार उनलाई मेसिनबाट निकाल्न करिब ३० मिनेट लागेको थियो।

मलेसिया रोजगारमा करिब ३ लाख ६० हजार नेपाली कामदार रहेका छन्। नेपाली कामदारहरू सुरक्षा गार्ड, निर्माण कार्य तथा अस्पताल लगायतमा कार्यरत छन्। नेपाली दूतावासकाअनुसार सन् २०१८ मा मलेसियामा विभिन्न कारणले ३ सय २२ जना नेपाली कामदारको मृत्यु भएको थियो । यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेका छ्न ।                                                   






Related Posts
  • नेपाल मगर शाखा यूएईद्वारा आयोजित माध्या सकराटी मेला तथा बृहत सांस्कृतिक साझ-२०२० भब्यरुपमा सम्पन्न
  • बागमती प्रदेशमा शुक्रबार सार्वजनिक बिदा
  • नेवा:पुच: युएईका उपाध्यक्ष एवम् फोनिज युएईका कावा अध्यक्ष राजेश प्रधानलाई बिदाई
  • राजु गोलेको “ह्युल्सादा ख्लासी” गीतको म्युजिक भिडियो सार्वजनिक
  • पछिल्ला सम्प्रेसणहरु

    नेपाल मगर शाखा यूएईद्वारा आयोजित माध्या सकराटी मेला तथा बृहत सांस्कृतिक साझ-२०२० भब्यरुपमा सम्पन्न

    इनास कुवेत द्वारा आयोजित छैटौं बार्षिक उत्सव तथा सहयोगार्थ बृहत संस्कृतिक कार्यक्रम सम्पन्न

    किराया शाखा युएईको राष्ट्रिय आबिष्कार केन्द्र प्रचार प्रसार सहयोगार्थ तथा यलेदोङ बृहत सांस्कृतिक कार्यक्रमको तयारी पुरा

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस