नबलपरासि सेवा समाज कतारको प्रथम अधिबेसन सम्पन्न अध्यक्षमा सजन लौडारी


परदेशी खबर, २९ डिसेम्बर- नवलपरासी सेवा समाज कतारको प्रथम साधारण सभा तथा अधिबेशन गत शुक्रबार सम्पन्न भएको छ । तदर्थ समिति गठन गरेर १ बर्ष भन्दा बढी आन्तरिक काम गरिरहेको यस संस्थाले “आपसी सहयोग, सद्भाव र एकता सामाजिक सेवामा हाम्रो प्रतिबद्दता” भन्ने मूल नाराका साथ २७ डिसेम्बर २०१९ शुक्रबारको दिनमा कतारको सहानिया स्थित अल दोसरी पार्कमा सभ्य र भव्य रुपमा आफ्नो प्रथम साधारण सभा सम्पन्न गरेको हो ।

अधिबेशनमा तदर्थ समितिका अध्यक्ष सजन लौडारी सभापति रहेका थिए भने गैर आवासीय नेपाली संघ समन्वय परिसद कतारका अध्यक्ष मोहम्मद मुक्तादा मुसलमान प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथिले अधिबेशनमा बोल्दै प्रवासमा रहे पनि नवलपरासी सेवा समाज कतारले आउने दिनहरुमा कतारको नेपाली समुदायलाई सहयोग गर्दै नेपालको लागि पनि समाजले पुर्याएको योगदानको प्रसम्सा गर्दै अझै धेरै काम साथ्साथै मिलेर गर्नुपर्ने भन्दै कार्यसमितिलाई सफल कार्यकालको शुभकामना समेत दिएका थिए ।

नवलपरासी जिल्लाको भौगोलिकता र जिल्लाको विविध बिषयमा चर्चा गर्दै समाज गठन हुनुको कारण बारे तदर्थ समितका उपाध्यक्ष अमित बराइलीले उपस्थित सबैलाई स्वागत गर्दै प्रस्ट पारेका थिए भने महासचिव दुर्गा हमालले कार्यक्रम संचालन गरेका थिए ।

सस्थाको प्रथम अधिबेशन कार्यक्रममा बिशेष अतिथिहरुमा प्रदेश नम्बर ५ का अध्यक्ष बुद्ध पाण्डे, प्रदेश नम्बर ४ का वरिष्ठ उपाध्यक्ष प्रेम रसाइली, सुदुर पश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष प्रेम चलाउने, प्रदेश नम्बर ५ का प्रथम उपाध्यक्ष ठाकुर कुमार परियार, प्रदेश नम्बर ५ का महासचिव डिल्लीराम भट्टराई, गुल्मी समाजका अध्यक्ष झबिन्द्र आचार्य, बुद्धभुमि कपिलवस्तु समाजका अध्यक्ष केशव खनाल, भोजपुर समाजका अध्यक्ष गोपाल बस्नेत, स्याङ्गजा समाजका उपाध्यक्ष घनश्याम जैसी आदि रहेका थिए ।
अधिबेशनमा उपस्थित अतिथिहरुले बोल्दै नवलपरासी सेवा समाज कतारलाई पूर्णरुपमा साथ सहयोग रहने र समन्वय पनि रहने बचन दिँदै अब बन्ने नयाँ कार्यसमितिलाई अग्रिम रुपमा शुभकामना समेत दिएका थिए ।

अधिबेशनलाई अझ आकर्षक र मनोरन्जनात्मक बनाउनको निम्ति गायकहरु ईमान सिंह ठकुरी, सन्तोष बराइली, शिव सरगम, नृत्यांगनाहरु सन्ध्या अर्याल, मुना गिरि, लक्ष्मी गिरि, नृत्यकार बिनोद राना आदि कलाकारहरुले उपस्थितजनलाई मनोरन्जन दिएका थिए ।

अधिबेशनमा तदर्थ समितिलाई बिघटन गर्दै रिक्त पदमा सदस्य थपिने गरि नयाँ कार्यसमिति चयन गरिएको थियो जसमा अध्यक्षमा सजन लौडारी, प्रथम उपाध्यक्ष अमित बराली, द्वितीय उपाध्यक्ष कृष्ण पन्थी, महासचिव दुर्गा हमाल, सचिव सुरज कुँवर, कोषाध्यक्ष गिरिराज पाठक, सह-कोषाध्यक्ष नर ब थापा, सदस्यहरुमा सन्ध्या अर्याल, बिष्णु अधिकारी, सद्दाम हुसेन, बाशुदेव पाण्डे, रमेश पुरी, बिष्णु शाही, रामजी सुबेदी निर्बिरोध चयन भएका थिए ।






Related Posts
  • इनास कुवेत द्वारा आयोजित छैटौं बार्षिक उत्सव तथा सहयोगार्थ बृहत संस्कृतिक कार्यक्रम सम्पन्न
  • किराया शाखा युएईको राष्ट्रिय आबिष्कार केन्द्र प्रचार प्रसार सहयोगार्थ तथा यलेदोङ बृहत सांस्कृतिक कार्यक्रमको तयारी पुरा
  • युएईमा कास्की आदर्श सेवा समाज र तनहुँ सेवा समाजले संयुक्तरूपमा भलिबल प्रतियोगिता आयोजना गर्दै
  • नेपाल कुवेत साँस्कृतिक मञ्चको १० औं वार्षिक उत्सव सम्पन्न
  • पछिल्ला सम्प्रेसणहरु

    नेपाल मगर शाखा यूएईद्वारा आयोजित माध्या सकराटी मेला तथा बृहत सांस्कृतिक साझ-२०२० भब्यरुपमा सम्पन्न

    इनास कुवेत द्वारा आयोजित छैटौं बार्षिक उत्सव तथा सहयोगार्थ बृहत संस्कृतिक कार्यक्रम सम्पन्न

    किराया शाखा युएईको राष्ट्रिय आबिष्कार केन्द्र प्रचार प्रसार सहयोगार्थ तथा यलेदोङ बृहत सांस्कृतिक कार्यक्रमको तयारी पुरा

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस