अस्पतालमा उपचारत अचेत रहेका सुरेशको स्वास्थ्यको जानकारि लिन एनआरएनए कुवेत टोली पुगे अस्पताल

परदेशी खबर/ डिसेम्बर २५, कुवेत। कुवेतको अस्पतालमा अचेत अवस्थामा उपचाररत रहेका सुरेश बहादुर खत्रीलाइ भेट्न गैरआवासीय नेपाली संघ (एनआरएनए)को टोली पुगेको छ ।

बिरामि खत्री बिगत १७ दिनदेखि कुवेत स्थित  फर्वानिया हस्पिटलको एक तला वार्ड १४ बेड नं. २ मा अचेत अवस्थामा उपचार गराइरहेका उनी झापा गोलधाप निवासी रहेको खुलेको छ। उनका परिवार विगत लामो समयदेखि पोखरा महानगरपालिका–१६ लामाचौरमा बस्दै आइरहेका छन्।

एनआरएनए एनसीसी कुवेतलाई सम्बोधन गर्दै एउटा निवेदन आएपछि सोमबार साँझ संघको एक टोली उनलाई भेट्न पुगेको हो । अध्यक्ष सुजन केसी, महिला संयोजक रमिता योन्जन, सचिव माधव शाही र सदस्य सजिना गुरुङको टोलीले उनको अवस्थाको बारेमा जानकारी लिएको थियो ।

अध्यक्ष सुजन केसीका अनुसार खत्रीलाई भेन्टिलेशनमा राखिएको छ। उपचारमा संग्लन डाक्टरले बताए अनुसार उनलाई ब्रेन ह्याम्रेज भएको खत्रिको अवस्था गम्भिर रहेको बताए। 

झन्डै २० बर्षदेखि कुवेतमा काम गरिरहेका खत्रिको बारेमा परिवारलाई सम्पर्क गरि बिरामीको अवस्थाको बारेमा एनआरएनए कुवेतले जानकारी गराएको छ । अध्यक्ष केसीले खत्रीको उपचारको लागि संघले आवश्यक सहयोग गर्ने बताएका छन्। 






Related Posts
  • इनास कुवेत द्वारा आयोजित छैटौं बार्षिक उत्सव तथा सहयोगार्थ बृहत संस्कृतिक कार्यक्रम सम्पन्न
  • किराया शाखा युएईको राष्ट्रिय आबिष्कार केन्द्र प्रचार प्रसार सहयोगार्थ तथा यलेदोङ बृहत सांस्कृतिक कार्यक्रमको तयारी पुरा
  • युएईमा कास्की आदर्श सेवा समाज र तनहुँ सेवा समाजले संयुक्तरूपमा भलिबल प्रतियोगिता आयोजना गर्दै
  • नेपाल कुवेत साँस्कृतिक मञ्चको १० औं वार्षिक उत्सव सम्पन्न
  • पछिल्ला सम्प्रेसणहरु

    नेपाल मगर शाखा यूएईद्वारा आयोजित माध्या सकराटी मेला तथा बृहत सांस्कृतिक साझ-२०२० भब्यरुपमा सम्पन्न

    इनास कुवेत द्वारा आयोजित छैटौं बार्षिक उत्सव तथा सहयोगार्थ बृहत संस्कृतिक कार्यक्रम सम्पन्न

    किराया शाखा युएईको राष्ट्रिय आबिष्कार केन्द्र प्रचार प्रसार सहयोगार्थ तथा यलेदोङ बृहत सांस्कृतिक कार्यक्रमको तयारी पुरा

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस