आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

नेपाली प्रवासी ट्याक्सी व्यवासायी संघ कुवेतको वार्षिक उत्सव तथा अधिवेशनको तयारी पूरा

परदेशी खबर ९ पुष २०७६, बुधबार १८:१६ मा प्रकाशित ( ४ साल अघि) २०७ पाठक संख्या

परदेशी खबर / डिसेम्बर २५, कुवेत। “नेपालीहरुको सेवामा समर्पित” भन्ने मुल नाराका साथ नेपालका विभिन्न ठाउँबाट कुवेत आइ ट्याक्सी व्यवासाय गरेर बसेका नेपालिहरुलाइ एकीकृत गर्दै नेपालीहरुलाइ सुलभ सेवा दिने उदेश्यले कुवेतमा दर्जनौँ संस्थाहरु माझ २०१६ मा स्थापित नेपाली प्रवासी ट्यक्सी व्यवासायी संघ कुवेतको तेस्रो वार्षिक उत्सव तथा दोस्रो अधिवेशनको लागि सम्पुर्ण तयारी पुरा भएको छ।

आगामी २७ डिसेम्बर २०१९ का दिन फर्वानियास्थित युनिक अडिटोरियम हलमा हुन गैरहेको कार्यक्रममा स्थानिय कलाकारहरुद्वारा संगितिक प्रस्तुतिहरु पनि प्रस्तुत गर्ने साथै ताल्या ट्याक्सिको तर्फबाट लक्की ड्र पनि रहेको संयोजक लामाले बताएका छन। उनले भने “लक्की ड्र मा जो कोहि पनि कार्यक्रममा उपस्थित भएकाहरु समावेश हुन सक्नेछन। ताल्या ट्याक्सिको एउटा काउन्टर रहनेछ। त्यहाँ गएर Al talyaa ट्याक्सिको एप्लिकेसन डाउनलोड गरेवापत नम्बर प्राप्त गर्ने छ। उक्त नम्बर लक्की ड्र मा समावेश हुनेछन।” लक्की ड्रमा एउटा मात्र पुरस्कार रहेको समेत उनले जानकारी दिएका छन।
कार्यक्रमको लागि कुवेतका कृयाशिल सबै संघ संस्था, संचार माध्यम तथा बुद्धिजीवी वर्गहरुलाइ पत्रचार भैसकेको भएता पनि कथमकदाचित छुट्न पुगेको भए यसै समाचारलाइ निमन्त्रणा मानी उपस्थितिका लागि संयोजक लामाले अनुरोध गरेका छन।

कार्यक्रमको विवरण

कार्यक्रम: तेस्रो वार्षिक उत्सव तथा दोस्रो अधिवेशन
स्थान: युनिक अडिटोरियम हल फर्वानिया कुवेत
मिति: २७ डीसेम्बर २०१९
समय: मध्यन्ह ठिक १२ बजे
आयोजक: नेपाली प्रवासी ट्याक्सी व्यवासायी संघ कुवेत।