कुवेत नेपाल सरोकार समाजले नयाँ वर्ष २०७७ तथा सांगीतिक कार्यक्रम गायक प्रमोद खरेल र योजना पुरीको साथ मनाउने

परदेशी खबर / डिसेम्बर २४, कुवेत l कुवेतमा कार्यरत युवाहरु मिलेर २०१४मा सथापना भएको संस्था कुवेत नेपाल सरोकार समाजले स्थापना काल देखिनै सामाजिक कार्यमा सक्रिय रहेदै आएको समाजले आफ्नो छैटौं वार्षिकोत्सवको अवसर परेर नेपाली नयाँ वर्ष २०७७ तथा सांगीतिक कार्यक्रम चर्चित गायक एवं voice of Nepal का कोच प्रमोद खरेल र गायिका योजना पुरीको साथ कुवेत स्थित युनाइटेड ब्रिटिश स्कुलको हालमा १७ अप्रिल २०२० शुक्रबार मनाउने समाजका अध्यक्ष राम लामाले जानकारी दिएका छन्।

यसअघी अतिथी कलाकार गायक डम्बर नेपाली, बिजय लामा, गायिका सावित्री जोशी, ज्योति मगर, राजेश पायल राईको साथमा सांगीतिक प्रस्तुति गरिसकेको समाजको यो चौंथो सांगीतिक प्रस्तुति हुन गैरहेको हो l 

समाजले कुवेतमा कृयाशिल संघसंस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यकाममा उपस्थितिको लागी अनुरोध गर्दै उक्त दिन कुनै पनि संघ संस्था र व्यक्ति विषेशले कार्यक्रम नजुधाइ दिन आयोजकले अनुरोध गरेको छ ।






Related Posts
  • पोखरा र लमजुङमा पहिरो जाँदा ७ जनाको मृत्यु, ९ जना घाइते
  • खुल्यो छोटो दूरीको सार्वजनिक यातायात
  • नेपालमा भारतीय न्युज च्यानलहरू बन्द
  • मोरङका एक नेपालीको कोरियामा सुतेकै अवस्थामा मृत भेटिए
  • पछिल्ला सम्प्रेसणहरु

    पोखरा र लमजुङमा पहिरो जाँदा ७ जनाको मृत्यु, ९ जना घाइते

    खुल्यो छोटो दूरीको सार्वजनिक यातायात

    नेपालमा भारतीय न्युज च्यानलहरू बन्द

    बिजनेष

    आँखी झ्यालबाट लकडाउन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस