आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

कतारमा तमु च्यु ल्होसार दोहोरी गायक गायिका र नायिकाको साथमा मनाइदै

परदेशी खबर ८ पुष २०७६, मंगलवार १५:२४ मा प्रकाशित ( ४ साल अघि) ३५८ पाठक संख्या


परदेशी खबर/ डिसेम्बर २४, क़तार। तमु (गुरुङ) जातिको महान तथा नेपालीहरुको महान राष्ट्रिय पर्व तमु च्यु ल्होसार तमु(गुरुङ) समाज कतारले भव्य रुपमा आगामी शुक्रबार २७ डिसेम्बरमा मनाउने भएको छ ।

उक्त आयोजनामा नेपालबाट आमन्त्रित अतिथी मोडेल तथा गुरुङ चलचित्रकि नायिका : इन्दु गुरुङ, लोक दोहोरी तथा चुड्का गायक : पृथ्वी गुरुङ र लोक दोहोरी गायिका : सुनिला गुरुङका साथ रहने बताउदै तमु गुरुङ समाज कतारका अधय्क्ष भाईकाजि गुरुङले तमु गुरुङहरुको संस्कार संस्कृति झल्किने गरि स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति सहित “तमु ल्होसार” मनाई रहेको समेत जानकारी दिनु भयो र संगै दोहा कतारमा कार्यरत सम्पुर्ण तमु तथा गैर तमु दाजुभाई दिदिबहिनीहरुमा गरिमामय उपस्थितिको लागि अध्यक्ष गुरुङले अनुरोध समेत गरेँ ।