आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

मगर संघ शाखा युएईले माध्या सकराटी मेला तथा बृहत सांस्कृतिक सांझ-२०७६ कार्यक्रम आयोजना गर्दै

परदेशी खबर ८ पुष २०७६, मंगलवार ११:५६ मा प्रकाशित ( ४ साल अघि) ३७६ पाठक संख्या

परदेशी खबर/ डिसेम्बर २४, युएई। नेपाल मगर संघ शाखा युएईले आगामी २०२० जनवरी २४ तारिख शुक्रबार युएईको दुबई स्थित क्लब एभरेष्ट अस्टेरिया होटल वर दुबईमा “ माघ्या सकराटी मेला तथा बृहत् सांस्कृतिक साँझ २०७६” कार्यक्रम आयोजना गर्ने भएको छ।

उक्त बृहत सांस्कृतिक सांझ -२०७६ कार्यक्रममा नेपाल बाट अतिथि कलाकारको रुपमा चलचित्रका नायक,गायक तथा डान्सर रमेश बाबु थापा मगर युएई आउने भएको छ ।कार्यक्रममा आमन्त्रित अतिथि कलाकार  नायक,गायक तथा डान्सर रमेश बाबु थापा मगरको विशेष सांगीतिक धमाकेदार प्रस्तुति सहित प्रवास युएईमा चर्चित लाइभ कन्सर्ट मगर ब्रदश,प्युजन डान्स क्रु,मगर कौडा नृत्य को साथमा पन्छे बाजा रहने भएको छ।

 उक्त बृहत सांस्कृतिक सांझ – २०७६ कार्यक्रम लाई भव्यरुपमा सम्पन्न गर्नको लागी  युएईमा क्रियाशील संघ सस्थाका प्रमुखहरु, पत्रकारहरु,व्यवसायीहरु, समाजका बुद्धिजिवि समाजसेवी अभियान्तकारीहरु,मगरहरु, सम्पुर्ण गैर मगर दाजुभाइ तथा दिदिबहिनीहरु लाई  नेपाल मगर संघ शाखा यूएई द्वारा आयोजित बृहत् सांस्कृतिक सांझ कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाई दिन नेपाल मगर संघ शाखा युएईका महासचिव नयन घर्ती मगरले हार्दिक अपिल गरेको छ।