कतारमा किरातीहरुको महान राष्ट्रिय चाड साकेला उधौली भब्यताका साथ सम्पन्न

परदेशी खार/ डिसेम्बर २४, क़तार।कतारमा किरातीहरुको महान राष्ट्रिय चाड “चासोक तङ्नाम / साकेला उधौली / रापावा श्यादर पिदार -५०७९” सम्पन्न भएको छ। यहाँ स्थापित ३ किरात संस्थाहरु किरात याक्थुङ चुम्लुङ कतार, किरात राई यायोक्खा शाखा कतार र सुनुवार सेवा समाज शाखा कतारको संयुक्त आयोजनामा सदा झै यस बर्ष पनि गत डिसेम्बर २० तारिक शुक्रबार करतारमा भब्यताका  साथ सम्पन्न भएको हो ।

किराती दर्शन मुन्धुम अनुसार मानव श्रृष्टिको उत्पति सङ्गै जब कृषि युगमा लागे सङ्गै खेती पाती लगाउने बीउ छर्ने बेलामा किराती पितृहरू सम्झदै अनुनय विनय गर्ने क्रममा प्रकृति अनुकूल होस र बाली सप्रियोस् भन्दै वैशाख पूर्णिमामा उभौली चाड मनाउने परम्परा छ र त्यसतै लगाएको अन्न बाली काटेर भित्रयाउने बेला मा खुसी प्रकट गर्दै रमाउने र नाच्ने गाउने भन्दै फेरी प्रकृतिले बाली राम्रो दिएकोमा आफ्नो पितृ सम्झदै मंसिर पर्नेमा उधौली मनाउने चलन छ। अत स्वभावैले वैशाख गर्मीमा गर्मीमा छल्न चराहरू उभो लेक तिर जाने र सुक्खाका कारण माछाहरू पनि खोलाको मुहान खोज्दै उभै अर्थात् माथि (उत्तरी भेग ) जाने पनि गर्दछन् र उधौली मा उद्यो अर्थात् तल ( दक्षिणी भेग ) झर्ने गर्दछन् ।

कार्यक्रममा नेपालका चर्चित अतिथि कलाकारहरु गायिका कला राई, गायक महेश मुखिया सुनुवार र गायिका तिर्सना नेम्बाङहरुको बिशेष सॉंस्कृतिक प्रस्तुती, साथै स्थानिय कलाकारहरुको मौलिक संस्कृतिक झाँकी केलाङ, साकेला शिली,स्यादर सिल लगायत मनोरञ्जनात्मक जोडदार साँस्कृतिक प्रस्तुतिमा ऐतिहासिक रुपमा २० डिसेम्बर २०१९ शुक्रबारको दिन सयौं दर्शकको साथमा मिसाइद स्थित अम्वाज कम्पनीको प्राङ्गनमा सम्पन्न भएको हो ।

किरात याक्थुङ चुम्लुङ कतारका अध्यक्ष राजेन्द्र साम्याङ्खा लिम्बुको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष शिव भुजेल रहेका थिए । मन्तव्यको क्रममा भुजेलले बोल्दै प्रवासी भुमी कतारमा रहेरपनि आफ्ना मौलिक चाडपर्व,रिति रिवाज परम्परा जोगाउनु, मनाउन पाउनु ठुलोकुरा रहेको वताए । किराती राष्ट्रिय चाड मनाउन जसरी ठूलो जनमानसमा आज ३ संस्था एकजुट भएर लागेका छ्न यो दिगो रुपमा रहोस भन्दै शुभकामना ब्याक्तगरे । त्येस्तै प्रमुख अथिती भुजेलले राज्यले जनजातीका चाडपर्वलाई उपेक्षित गरेको बताउदै अवको बिकल्प जनजातिहरु एकबद्द हुँदै राज्यको ढोका ढक ढकाउनु पर्नेमा जोड दिए ।

कार्यक्रमका उपस्थित जनसमुदायलाई स्वागत तथा कार्यक्रमको औचित्य प्रष्ट पार्दै किरात राई यायोक्खा शाखा कतारका अध्यक्ष तथा किरात मूल समारोह समितीका उपसंयोजक विमल राईले मन्तव्य राखेका थिए ।
कार्यक्रममा मन्तव्य राख्ने क्रममा बक्ताहरुमा पाँच नम्बर प्रदेशबाट अध्यक्ष बुद्ध पान्डे,नेपाल प्रवासी तामाङ समाज कतार अध्यक्ष धिरेन तामाङ,किरात याक्थुङ चुम्लुङ कतारबाट सल्लाहकार डम्बर लिम्बू ,किरात राई यायोक्खा शाखा कतारबाट सल्लाहकार धिरज चाम्लिङ राई,सुनुवार सेवा समाज शाखा कतार बाट संरक्षक सल्लाहकार पुरुषोतम सुनुवार लगायत समाज सेवि कमल मणि गुराँगाई रहेका थिए । कार्यक्रममा मातृ संस्थाका प्रतिनिधिहरु, सामाजिक,बैचारिक, साथै जिल्लागत संघ संस्था लगायत पत्रकारहरुको पनि बाक्लो उपस्तिथि रहेको थियो ।

दोस्रो चरणको सांगितीक कार्यक्रम अन्तरगत तिनै ओटै किराती संस्थाहरुको तर्फबाट मौलिक भेषभुसामा कलाकारहरुले स्वागत नृत्य प्रस्तुति दिएका थिए भने स्थानिय कलाकारहरुको मौलिक संस्कृतिक झाँकी प्रस्तुतिले पनि सबैको मन जित्न सफल रह्यो । कार्यक्रममा नेपाल बाट आमन्त्रित अतिथि कलाकारहरु चर्चित गायिका कला राईले सिर सिरे हावाले मनै उडायो जस्ता नेपाली संगै राई भाषाका गीत गाउदै दर्सकको मन जितिन भने अर्का गायक महेश मुखिया सुनुवारले माथी माथी लेखमा,आउ नाचौ जस्ता लोकप्रिय गीत गाउँदै दर्सकको मन जित्न सफल रहे । त्येस्तै फक्ताङ्लुङ आइडियल सिजन २ कि बिजेता तथा उदियमान गायिका तथा तिर्सना नेम्बाङको गोर्खा पल्टन लगायतका गीतमा स्वर दिदा उपस्थिति दर्सक दीर्घ छमछमी नाचेर भरपुण मनोरञ्जन दिलाइन ।

कार्यक्रमको अन्त्यमा सुनुवार सेवा समाजका अध्यक्ष तथा किरात मूल समारोह समितीका उपाध्यक्ष सामुयल सुनुवारले धन्यवाद मन्तव्य राखे साथै सभापति राजेन्द्र साम्याङ्खा लिम्बुले बोल्दै विभिन्न समस्याका बावजुद पनि ३ ओटा संस्था मिलेर कार्यक्रम सफल पार्नुहुने सम्पुर्णमा धन्यवाद ब्यक्त गरे । बिगतका बर्षहरुमा जस्तै यसपाली पनि किराती संस्था मिलेर कार्यक्रम भब्य एवं सभ्यरुपमा सफल भएको बताउदै आगामी दिनमा पनि यस्तै एकतामा जोड दिए । औपचारिक कार्यक्रमको सन्चालन संकर मान राई र सांस्कृतिक तर्फबाट शिला राईले साथ दिएकी थिइन् |






Related Posts
  • पोखरा र लमजुङमा पहिरो जाँदा ७ जनाको मृत्यु, ९ जना घाइते
  • खुल्यो छोटो दूरीको सार्वजनिक यातायात
  • नेपालमा भारतीय न्युज च्यानलहरू बन्द
  • मोरङका एक नेपालीको कोरियामा सुतेकै अवस्थामा मृत भेटिए
  • पछिल्ला सम्प्रेसणहरु

    तमु धीं युकेद्वारा जिफान र तमु कलाकार संघ गण्डकीलाई २ लाख ५० हजार रकम सहयोग

    कुवेतमा कोरोना संक्रमनबाट ५३ हजार ५८० सङ्क्रमित, ७४० नयाँ संक्रमित, एक जनाको मृत्‍यु (अपडेट)

    थप ११८जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १६ हजार ६४९ पुग्यो

    बिजनेष

    आँखी झ्यालबाट लकडाउन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस