आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

कुवेत सिटीमा रहेको नेपाली चौतारी रेष्टुरेण्टले  ७ औं बार्षिक उत्सव मनाए

परदेशी खबर ३० मंसिर २०७६, सोमबार २१:४२ मा प्रकाशित ( ४ साल अघि) ५८७ पाठक संख्या

परदेशी खबर/ डिसेम्बर १५ । कुवेतको मुख्य सहर कुवेत सीटीमा रहेको नेपाली द्वारा संचालित “चौतारी रेष्टुरेण्टको  ७ औं बार्षिक उत्सव कार्यक्रम गत डिसेम्बर १३ तारिकका दिन सम्पन्न गरेको छ।

बिगतका बर्षमा जस्तै यस वर्ष पनि चौतारीले समाजका अगुवा प्रतिनिधीहरु, पत्रकारहरु आफन्त तथा नेपाली दूतावास परिवारलाई बोलाएर वार्षिक उत्सव मनाएको थियो।
रेष्टुरेण्टको ७औं बर्ष पुरा गरी ८औं बर्षमा प्रवेश गरेको अवसर पारेर सो कार्यक्रम बिच नेपाल भिजिट २०२० को पनि पोष्टर सहित प्रचारको शुरुवात गरीएको थियो।

कार्यक्रममा नेपाली राजदूतावास कुवेतका काउन्सिलर प्रकाशमणी पौडेलको हातबाट केक काटेर एक आपसमा ख़ुशी बाट्दै उत्सव मनाएका थिए।

सन २०१२मा ४ जनाको सानो लगानिबटा रेष्टुरेण्ट सुरु गरिएको र बिगतका दिनहरुमा संघर्ष र जोखिम मोल्दै आजका दिनमा काम गर्नेको संख्या कुल मिलाएर १६ जना पुगेको र यहाँसम्म आइपुगदाको अनुभव र सफल्ताको सांक्षिप्त जानकारि गराउदै लगानिकर्ता सुजन केसीले कुवेतमा कार्यरत नेपालीहरुलाइ निश्चिन्ता भइ ब्याबसायमा हात हाल्न सबैलाइ सुझाव दिएका थिए।

चौका री रेष्टुरेण्टमा नेपाली मात्र नभएर अन्य देशका नागरिकले समेत आएर परिकारको स्वाद लिने भएकोले भिजिट नेपाल २०२०लाइ सफल पार्नको लागि नेपालको प्रबर्धनात्मक पोष्टरहरु नेपालका भ्रमणीय स्थानहरु र पहिचान झल्काउने ठाउँहरुलाइ चौतारी रेष्टुरेन्टको प्रवेशद्धारमा पोष्टरीङ गरेको बताए।

चौतारीले रेष्टुरेन्टमा आवद्ध कतिपय साझेदारहरु यसबीच चौतारीबाट प्राप्त व्यवशायीक ज्ञान र धनलाई कुवेतको अन्यत्र ठाउँमा लगेर लगानी गर्दै व्यवशाय गरिरहेका छन ।

नेपाली, ईन्डियन र फिलिफिन्सका कर्मचारीहरि कार्यरत रहेका यस रेष्टुरेणटमा नेपाली, चाईनिज, फिलिपिनो तथा ईन्डियन परिकारको भोजन पाइन्छ जस् मध्य नेपालीहरुको लोकप्रिय खाजा मःमः, चाउमिन, सुकुटी, ढिढो गुन्द्रुक जस्ता नेपाली परम्परागत खाना पाईन्छ ।