कुन्साङ वाईबाको डम्फु ह्राप्सी गितको भिडियो सार्वजनिक (भिडियो सहित)

गायक कुन्साङ वाईबाको तामाङ सेलो “डम्फु ह्राप्सी” बोलको गितको भिडियो आज एक कार्यक्रम माझ सार्वजनिक गरे । वरिष्ठ कलाकार जयनन्द लामाको प्रमुख आतिथ्यतामा र डम्फु मिडियाका संचालक तथा चर्चित नायक अमिर दोङको सभापतित्वमा उक्त कार्यक्रम भएको हो ।

अहिले सम्मकै धेरै तामाङ कलाकारहरुको साथमा बनेको यो नै पहिलो भिडियो समेत भएको छ । यो भन्दा पहिले यसरी यति धेरै कलाकारहरुको साथमा भिडियो बनेको छैन । तामाङ समाजका वरिष्ठ कलाकार जयनन्द लामा, बुद्धि तामाङ, अमिर दोङ, चाँदनी मोक्तान, कुईसाङ रुम्बा, कुमार मोक्तान, रन्जिता लामा, पदम दोङ, अभि लामा, अनिता गोले, सुस्मा मोक्तान, निरान्जली लामा, सन्दिप स्याङ्तान, राजकिङ वाईबा, अनिता नेगि, मोनिका मोक्तान, मिलन थिङ पाराङ, पुसन लामा, याङ्की दोङ, पुर्णिमा मोक्तान लगायतले अभिनय गरेका छन् । बाल कलाकार शुआङ दोङले पनि अभिनय गरेका छन् ।

डम्फुलाई तामाङहरुले धेरै अवसरहरुमा बजाएर गाउने र नाच्ने आशयको गित रहेको छ डम्फु ह्राप्सी । धेरै अग्रज तथा अन्य कलाकारहरुलाई एकै ठाउँमा यसरी काम गराउन धेरै गाह्रो र एउटा ऐतिहासिक अवसर समेत प्राप्त भएको भिडियोका निर्देशक एवं चर्चित नायक अमिर दोङले बताए । धेरै अघि देखि योजना बनाएर मात्र यो भिडियोको कन्सेप्ट तयार पारेको पनि उनले सुनाए । सबैले गरेको महत्वपूर्ण साथ सहयोगको लागि सबैलाई धन्यवाद दिँदै उहाँले सबैले भिडियो हेरेर हाम्रो गित संगित अनि कलाकारलाई माया गर्न आग्रह गर्दै “ह्याङ तामाङ गिक तादोला” भन्ने शब्द द्वारा समापन गर्नुभएको थियो ।

प्रमुख अतिथी एवं वरिष्ठ कलाकार जयनन्द लामाले डम्फु ह्राप्सी बोलको गित र डम्फु नै बजाएर सार्वजनिक गर्नुभयो । उहाँले डम्फुको उत्पती सम्बन्धी गितलाई सिन्धुपाल्चोके खान्दोके सेलो मार्फत गित नै गाएर सार्वजनिक कार्यक्रमको उद्घाटन गर्नु भएको हो । तामाङ समाजका नेपाली नागरिकता बोकेर सबैभन्दा पहिले तामाङ गित संगितमा सबैभन्दा पहिले पाईला चालेको पल स्मरण गर्दै आफुले सुरुवात गरेको समयमा तामाङ कलाकारलाई हेर्ने राज्यको दृष्टिकोण र आफुले अनुमान गरेको अवस्था अहिले बिल्कुलै परिवर्तन भएको समेत सुनाए । कुनै समय त्यो बेलाको तत्कालीन राज्य सरकारले तामाङ शब्दका गित संगितलाई गरेको प्रतिबन्धमा आफू समेत परेको तितो अनुभव सबै सामु सुनाए । अहिलेको तामाङ कलाकारहरुको गित संगित अनि चलचित्रहरुको अवस्था हेर्दा सबै भन्दा आफू खुशी हुने समेत बताउनुभयो ।

वरिष्ठ गायक एवं संगितकार चन्द्र कुमार दोङको शब्द संगितमा गायक कुन्साङ वाईबाले गाएका हुन् । कुन्साङ वाईबा पहिली पुस्ता देखि अहिले सम्मकै चर्चित गायक समेत हुन् । हाल पोर्चुगलमा रोजगारीको सिलसिलामा रहँदै आएको छ । यस गितको एरेन्ज चंद सिं र दिपेश प्रधानको मिक्सिङ रहेको छ । 

भिडियो :






Related Posts
  • नेपाल मगर शाखा यूएईद्वारा आयोजित माध्या सकराटी मेला तथा बृहत सांस्कृतिक साझ-२०२० भब्यरुपमा सम्पन्न
  • बागमती प्रदेशमा शुक्रबार सार्वजनिक बिदा
  • नेवा:पुच: युएईका उपाध्यक्ष एवम् फोनिज युएईका कावा अध्यक्ष राजेश प्रधानलाई बिदाई
  • राजु गोलेको “ह्युल्सादा ख्लासी” गीतको म्युजिक भिडियो सार्वजनिक
  • पछिल्ला सम्प्रेसणहरु

    नेपाल मगर शाखा यूएईद्वारा आयोजित माध्या सकराटी मेला तथा बृहत सांस्कृतिक साझ-२०२० भब्यरुपमा सम्पन्न

    इनास कुवेत द्वारा आयोजित छैटौं बार्षिक उत्सव तथा सहयोगार्थ बृहत संस्कृतिक कार्यक्रम सम्पन्न

    किराया शाखा युएईको राष्ट्रिय आबिष्कार केन्द्र प्रचार प्रसार सहयोगार्थ तथा यलेदोङ बृहत सांस्कृतिक कार्यक्रमको तयारी पुरा

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस