कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा

नैनकला राई/ डिसेम्बर ६,कुवेत। “भाषा, संस्कार र संस्कृतिको संरक्षण, किरातहरुको साझा अभियान” भन्ने मुल नाराका साथ कुवेतमा लामो समयदेखी क्रीयाशिल तीन किराती संस्थाका शाखाहरु किरात राई यायोक्खा कुवेत, याक्थुम चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले संयुक्तरुपमा किरातीहरुको महान चाड साकेला उधौली, चासोक ताङ्नाम र रापवा स्यादर पिदार तथा येले दोङ,येले तम्बे,येले थोचे ५०७९ आगामी १३ डिसेम्बर २०१९ मा भब्यरुपमा मनाउनको लागि सम्पुर्ण तयारि पुरा भएको जानकारि कार्यक्रमका संयोजक अशोक लिम्बुले परदेशी खबरलाइ दिएका छन्।

किराती समुदायले मंसिर शुक्ल पुर्णिमामा राईले साकेला उधौली लिम्बुले चासोक ताङ्नाम र सुनुवारले रापवा स्यादर पिदार मनाउने गर्दछन् भने बैशाख शुक्ल पुर्णिमामा साकेला उभौली, याक्वा , ताङ्नाम, सालीवा सादर पिदार मनाउने गर्दछन् ।

तिन किरातीहरु एकताको शुत्रभित्र बाँधिनुपर्छ भन्ने मान्यताका साथ उदाहरणका रुपमा कुवेतमा तीन किरातीहरुले बिगत केहि वर्ष यतादेखि संयुक्तरुपमा चाडहरु मनाउँदै आइरहेका छन्। यसै अनुरुप यसपाली पनि तीन किराती संस्थाहरुले संयुक्त रुपमा उधौली, चासोक ताङ्नाम र रापवा स्यादर पिदार २०१९ तथा येले दोङ येले तम्बे येले थोचे ५०७९ कार्यक्रमको आयोजना गरेको बताए। किरातीहरुको महान चाडमा साँस्कृतिक मौलिक झाँकीका साथ स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने बताएका छन्।

उक्त दिनहुने कार्यक्रमा रोजगारिको शिलशिलामा कुवेत नगरिमा आएर बिभिन्न सँघ-संस्था र कम्पनिमा कार्यरत सम्पूर्ण किरातीहरुलाई आफ्नो भेषभुषामा सजिएर आफ्नो मौलिक चाड साकेला उधौली, चासोक ताङ्नाम र रापवा स्यादर पिदारमा सहभागिता जनाई चाड मनाउन अनुरोध गर्दै कुवेतमा क्रियाशील संघ संस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी लगायत कुबेतमा कार्यरत सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरेका छन्। साथै सम्पूर्ण संस्था तथा मिडियाकर्मी, समाजसेवी, बुद्धिजवी शुभ चिन्तकहरुलाई निमन्त्रणा गरि सकेको र कोहि कसैलाई कारण बस निमन्त्रणा पुग्न नसकेको भएमा यसै न्युजलाई निमन्त्रणा सम्झी गरिमामय उपस्थितिको लागि आयोजकले सम्पूर्णलाई आग्रह गरेका छन् l

कार्यक्रमको विवरण
मिति: १३ डिसेम्बर २०१९
समय: बिहान ठिक ११ बजे देखि
स्थान: युनिक अडिटोरियम हल फर्वानिया






Related Posts
  • इनास कुवेत द्वारा आयोजित छैटौं बार्षिक उत्सव तथा सहयोगार्थ बृहत संस्कृतिक कार्यक्रम सम्पन्न
  • किराया शाखा युएईको राष्ट्रिय आबिष्कार केन्द्र प्रचार प्रसार सहयोगार्थ तथा यलेदोङ बृहत सांस्कृतिक कार्यक्रमको तयारी पुरा
  • युएईमा कास्की आदर्श सेवा समाज र तनहुँ सेवा समाजले संयुक्तरूपमा भलिबल प्रतियोगिता आयोजना गर्दै
  • नेपाल कुवेत साँस्कृतिक मञ्चको १० औं वार्षिक उत्सव सम्पन्न
  • पछिल्ला सम्प्रेसणहरु

    नेपाल मगर शाखा यूएईद्वारा आयोजित माध्या सकराटी मेला तथा बृहत सांस्कृतिक साझ-२०२० भब्यरुपमा सम्पन्न

    इनास कुवेत द्वारा आयोजित छैटौं बार्षिक उत्सव तथा सहयोगार्थ बृहत संस्कृतिक कार्यक्रम सम्पन्न

    किराया शाखा युएईको राष्ट्रिय आबिष्कार केन्द्र प्रचार प्रसार सहयोगार्थ तथा यलेदोङ बृहत सांस्कृतिक कार्यक्रमको तयारी पुरा

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस