तमू समाज कुवेतले १० जनावरी तमू (च्यु) ल्हाेसार कार्यक्रम गर्दै

परदेशी खबर/डिसेम्बर ६, कुवेत। प्ये म्ह्स्याँ छ्या म्ह्मु, छ्या म्ह्स्याँ ल्हु म्ह्मु, ल्हु म्ह्स्याँ म्हि म्ह्मु अर्थात शास्त्र हराए संस्कृति हराउछ, संस्कृति हराए परम्परा हराउछ र परम्परा पनि हराए मानबको अस्तित्व नै हराउछ भन्ने मुल नाराका साथ कुवेतमा सक्रिय संस्था तमू समाज कुवेतले आफ्नो महान एवं मौलिक,साँस्कृतिक पर्व तमू च्यु ल्होसार  यो पटक पनि १० जनावरी २०२० शुक्रबारको दिन कुवेतको हिजुल कबड एरिया मा विविध खेलकुद,र सांस्कृतिक प्रस्तुतिहरु को साथ मनाउने तिब्र तयारी भईरहेको तमू समाज कुवेतका अध्यक्ष राजु तमूले जानकारी दिएका छन्।

तमू (च्यु)ल्हाेसार कार्यक्रमलाई थप मनोरञ्जनात्मक रौनकता र माहौललाई रंगीन र संगीतमय बनाउन समाजका ककलाकारहरुले बेजोड प्रस्तुति दिने तयारि गरिरहेक समाजको कलाकार उपप्रमुख रुप गुरुङ बताए साथै उक्त दिन तमू (गुरुङ)को तमू जेष्ठ नागरिक द्वारा स्याई स्याई गर्ने  भेषभुसा सहित, गुरुङ समुदायको लोपोन्मुख झोरा, मारुनी नृत्य,कौरा नृत्य,प्रस्तुति सहित  कार्यक्रमलाई थप रोचक गर्न छेलो फाल्ने, डोरि तान्ने,हाडी फोर्ने, म्युजिकल चेयर्स प्रतियोगिता साथै जलपान तथा दिव्यभोजको पनि व्यासथा भएको आयोजकले जानकारी दिएक छ। 

उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा गरिमामय उपस्थिति जनाई कार्यक्रम लाई सफल बनाइदिनु आयोजकले अनुरोध गरेको छ।

 

कार्यक्रमको विवरण

कार्यक्रम : तमू(च्यु)ल्होसार

मिति: १० जनावरी २०२० शुक्रबार

स्थान :हिजुल कबड एरिया(BLOCK No 2- STREET  NO-14 HIJUL KABAD KUWAIT)

आयोजक : तमू समाज कुवेत






Related Posts
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित ६४० र संक्रमित संख्या ७९,४८९ पुग्यो 
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित १,००७ र संक्रमित संख्या ७८,८४९ र १ जनाको मृत्यु
  • हङकङमा संकलित तिन लाख खोरामुख पहिरो पिडितलाई हस्तान्तरण
  • अल्झियो जिन्दगी तिम्रो यादमा..✍️
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा कोरोना संक्रमनबाट ९९ हजार ४९ सङ्क्रमित, ५२१ नयाँ संक्रमित, एक जनाको मृत्‍यु (अपडेट)

    ह्योल्मो ह्युल सार्वजनिक (भिडियो सहित)

    कुवेतमा कोरोना संक्रमनबाट ९७ हजार ८२४ सङ्क्रमित, ८२५ नयाँ संक्रमित, चार जनाको मृत्‍यु (अपडेट)

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस