दाङमा नेकपाकी विमला निर्वाचित

दाङ : प्रदेशसभा सदस्यका लागि भएको उपनिर्वाचनमा दाङ क्षेत्र नम्बर ३ ‘ख’ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेद्‍वार विमला कुमारी खत्री निर्वाचित भएकी छिन । उनी २४,२८६ मत प्राप्त गरी निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए।

विमलाले नकटतम् प्रतिद्वन्दी भन्दा ५१०४ बढी मत पाइन्।नेपाली कांग्रेसका उम्मेदवार केशवराज शर्मा आचार्यले १९,१ ८२ मत प्राप्त गरे।साझा पार्टीका उम्मेदवार शिव कुमार चौधरीले २६६, राप्रपा का भूपाल रावतले २२५, समाजवादीका डिल्ली बहादुर डाँगीले १५४, राष्ट्रिय प्रजातन्त्र पाटी संयुक्तका छोटी लाल थारुले १३८,मत पाए ।

त्यसैगरी नेकपा मालेका हरि प्रसाद डाँगीले १०३, मंगोल नेशनल पार्टीका घनश्याम चौधरीले ९० , नेपाल लोकतान्त्रिक पार्टीका झरेन्द्र बहादुर खत्री ले २६ ,नेपाल मजदुर किसान पार्टीका शुरेस परियारले १५,राष्ट्रिय जनमुक्ती पार्टी का धनराज विश्वकर्माले ११, वि पी कांग्रेस पार्टी का दिपक कुमार धिताल ले २ र स्वतन्त्र टिकाराम आचार्यले ४ र गोविन्द के सी ले २ मत प्राप्त गरेका छन् l

क्षेत्र नम्बर ३ ख मा ६८ हजार ७ सय १९ मतदाता मध्ये ४५ हजार ७ सय १८ मत खसेको थियो । ७ सय ९७ मत बदर भएको निर्वाचन कार्यले जनाएको छ । यो समाचार अन्नपूर्ण पोस्टले प्रकाशित गरेका छन ।  






Related Posts
  • आरक्षण जातीय हुनुपर्छ कि वर्गीय ?
  • कुवेतमा कोरोना संक्रमनबाट २९ हजार ३५९ सङ्क्रमित, ७१० नयाँ संक्रमित, चारको जनाको मृत्‍यु (अपडेट)
  • थप २०१ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या २३ सय पुग्यो
  • अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पताल भर्ना : स्वास्थ्यमन्‍त्री
  • पछिल्ला सम्प्रेसणहरु

    आरक्षण जातीय हुनुपर्छ कि वर्गीय ?

    कुवेतमा कोरोना संक्रमनबाट २९ हजार ३५९ सङ्क्रमित, ७१० नयाँ संक्रमित, चारको जनाको मृत्‍यु (अपडेट)

    थप २०१ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या २३ सय पुग्यो

    बिजनेष

    आँखी झ्यालबाट लकडाउन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस