कुवेतमा कार्यरत श्रमिकहरुका समस्याको बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत, डिसेम्बर १ । नेपाल ट्रेड युनियन महासंघ जिफन्टका केन्द्रिय उपाध्यक्ष बिदुर कार्कीको प्रमुख आतिथ्यमा कुवेतमा कार्यरत श्रमिकहरुका समस्याको बारेमा अन्तरक्रिया कार्ययक्रम सम्पन्न भएको छ।
नेपाली प्रवासी श्रमिक संघ जिफन्ट कुवेतको आयोजनामा खैतन स्थित राजधानी रेस्टुरेन्टमा नेपाली श्रमिकहरुका समस्या पहिचान र समाधानका बिषयमा छलफल भएको हो ।

अन्तरक्रियामा नेपाली दुतावास र कुवेत ट्रेड युनियनको उपस्थिति रहेको थियो ।
अन्तरक्रियामा कुवेतमा कार्यरत श्रमिकहरुले नेपाल र कुवेतबिच दोहोरो श्रम सम्झौता गर्नु पर्छ भन्ने जोडतोडले आवाज उठाएका थिए । साथै उनिहरुले कार्यस्थलमा आफुले भोगेका दुख, पिडा र नेपालको श्रम कार्यालयदेखि विमानस्थलको अध्यागमनमा कर्मचारीहरुले अनावश्यक दिने दुख र झन्झटहरु सुनाउदै नेपाल सरकारको ध्यानाकर्षण गराउन जिफन्ट उपाध्यक्ष बिदुर कार्कीलाई अनुरोध गरेका थिए ।
कुवेतमा कार्यरत श्रमिकहरुको गुनासो सुनेपछि प्रमुख अतिथि उपाध्यक्ष कार्कीले जिफन्टमा आवद्ध हुन आह्वान गर्दै नेपाली दुताबाससँग समन्वय गरेर समस्याको हल गर्न अनुरोध गरेका थिए । उनले कुवेतमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई अवैधानिक भएर काम नगर्न र नराम्रो गतिविधि नगर्न समेत सुझाव दिए । उनले भने, विदेशमा समस्यामा परेका नेपालीलाई सहयोग गर्न दुतावास स्थापना भएको हो, नसक्ने काम केहि हुन्न दुतावाससँग समन्वय गरौ ढिलोछिटो हुन्छ नै, तर आफ्नो जिम्मेवारी पनि नभुलौ ।’ फरक प्रशङ्गमा उनले विदेशमा आकस्मिक निधन भएका नेपालीको शव स्वदेशसम्म लैजाने ब्यबस्था राज्यले गर्ने र त्यसको तयारी हुँदै गरेको बताए ।

कार्यक्रममा दूतावासका श्रम सहचारी ज्ञानेन्द्र शर्माले अवैधानिक बाटोबाट आउने नेपालीको संख्या ९ हजार भन्दा बढी रहेको सुनाउदै गलत बाटो प्रयोग गरेर विदेश नआउन अनुरोध गरे । उनले नेपालीहरुको आफ्नो दाहित्व र कर्तव्य भुल्ने प्रवृति भएकाले यसमा शिक्षित नागरिकले बुझ्नु पर्ने बताए । शर्माले नेपाली दाजुभाइ दिदीबहिनीहरुको पिडा अत्याधिक रहेको स्मरण गर्दै श्रोत र साधनले भ्याएसम्म दूतावासले काम गरिरहेको बताए ।
नेपाली प्रवासी श्रमिक संघ जिफन्ट कुवेतका अध्यक्ष गणेश रावतको सभापतित्व तथा केन्द्रिय उपाध्यक्ष बिदुर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली दुतावास कुवेतका श्रम सहचारी ज्ञानेन्द्र शर्मा, द्दितीय सचिव जानकी ओझा, एनआरएनए कुवेतका अध्यक्ष सुजन केसी, एनआरएनए उपाध्यक्ष होमनाथ गिरी, पत्रकार महासंघका उपाध्यक्ष नवराज पन्थी, कुवेत ट्रेड युनियन फेडेरेसनका महासचिव अलअर्दा बिशेष अतिथि रहेका थिए । अन्तरक्रियामा कुवेतमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार, समाजसेवी लगायत अतिथि रहेका थिए ।

कार्यक्रमलाइ प्रसाद तिम्सिना र सुरज मास्केले संचालन गरेका थिए भने गणेश रावतले स्वागत मन्तब्य दिंदै जिफन्ट कुवेतले हालसम्म गरेका कार्य, नेपाली श्रमिकका पिडा र समस्या समाधानमा बिषयमा बोलेका थिए ।






Related Posts
  • कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा
  • तमू समाज कुवेतले १० जनावरी तमू (च्यु) ल्हाेसार कार्यक्रम गर्दै
  • १३ औं साग : नेपाललाई दोस्रो दिन १५ स्वर्ण, क–कसले दिलाए पदक ? (सुचीसहित)
  • किराया शाखा कतारद्वारा भेटघाट कार्यक्रम सम्पन्न
  • पछिल्ला सम्प्रेसणहरु

    नेपाली दूतावास कुवेतद्वारा भिजिट नेपाल २०२० सफल पार्नको लागि छलफल कार्यक्रम सम्पन्न

    कुन्साङ वाईबाको डम्फु ह्राप्सी गितको भिडियो सार्वजनिक (भिडियो सहित)

    कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस