माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबको ८औं अधिवेशन तथा वार्षिक उत्सव आगामि २० डिसेम्बरमा हुने

परदेशी खबर/ ३० नोवेम्बर, कुवेत। बिगत लामो समय देखी कुवेतको नेपाली समाजमा कृयाशिल रहँदै आएको संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको आठौ अधिवेशन तथा वार्षिकोत्सब आगामी डिसेम्बर २० तारिक २०१८ मा फर्वानिया स्थित युनिक अडिटोरियम हलमा गर्ने भएको छ।
हिज मिती २९ नोवेम्बर शुक्रवारका दिन कुवेतको फर्वानीया स्थित पार्कमा ईन्द्र प्रसाद पोखरेलको अध्यक्षतामा बसेको क्लबको २२५ मासिक बैठकले केही महत्वपूर्ण बिषयमा छलफल गर्दै उक्त दिन कार्यक्रम गर्ने निर्णय गरेको हो।
कुवेत नगरिमा पुरानो तथा बिशेषगरी खेलकुद क्षेत्रलाइ अगाड़ी बढाउँदै बिभिन्न सामाजिक कार्यमा समेत सरिक हुदै आएको संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लबको आगामी अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । क्लवका अनुसार, आगामी नेतृत्व अझ सशक्त रुपमा अगाडि बढ्दै आफ्नो कार्ययोजना सफल पार्ने छ।
उक्त अधिवेशन तथा वार्षिक उत्सवलाई भव्य र सभ्य सफल बनाउनको लागि कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरु लाई कार्यक्रममा उपस्थितिको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ ।
कार्यक्रम: आठौ अधिवेशन तथा वार्षिक उत्सव
समय: बिहान ११ बजेदेखि
मिति: २० डिसेम्बर २०१९ शुक्रबार
स्थान : युनिक अडिटोरियम हल फर्वानिया
आयोजक : माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेत