साग भलिबलमा नेपालको ऐतिहासिक सफलता, फाइनल भिडन्त भारतसँग

काठमाडौँ : १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा श्रीलंकाविरुद्ध नेपालले शानदार जित निकालेको छ । 

शनिबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हल त्रिपुरेश्वरमा भएको दोस्रो सेमिफाइनलमा नेपालले श्रीलंकाविरुद्ध ३-० को सोझो सेटको जित निकालेको हो ।

नेपालले प्रतिभा मालीको उत्कृष्ट प्रदर्शनमा २५–१४, २५–१८ र २५–२१ को जित निकाल्यो । यससँगै नेपाली महिलाले ऐतिहासिक सफलता प्राप्त गरेको छ । यसअघि भएका सागमा नेपालले कास्य पदक मात्र हात पार्न सकेको थियो । यो जितसँगै नेपालले कम्तिमा रजत पदक पक्का गरेको छ ।

श्रीलंकाले दोस्रो र तेस्रो सेटको खेलमा भने सुधारिएको प्रदर्शन गर्यो‍ । उसले तेस्रो सेटमा सुरुवाती अग्रता लियो । तर नेपालले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पा¥यो ।

यो जितसँगै फाइनलमा नेपालले स्वर्ण पदकका लागि भारतसँग भिड्ने भएको छ । भारत पहिलो सेमिफाइनलमा माल्दिभ्सविरुद्ध ३–० को सेटमा विजयी हुँदै फाइनल प्रवेश गरेको थियो। साभार : अन्नपूर्ण पोष्टबाट






Related Posts
  • कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा
  • तमू समाज कुवेतले १० जनावरी तमू (च्यु) ल्हाेसार कार्यक्रम गर्दै
  • १३ औं साग : नेपाललाई दोस्रो दिन १५ स्वर्ण, क–कसले दिलाए पदक ? (सुचीसहित)
  • आगामी डिसेम्बर १३ तारिख युएईमा संयुक्त रुपमा उधौली साकेला भब्य मनाउदै ।
  • पछिल्ला सम्प्रेसणहरु

    नेपाली दूतावास कुवेतद्वारा भिजिट नेपाल २०२० सफल पार्नको लागि छलफल कार्यक्रम सम्पन्न

    कुन्साङ वाईबाको डम्फु ह्राप्सी गितको भिडियो सार्वजनिक (भिडियो सहित)

    कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस