आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

कुवेतमा श्रमिकहरुको हकहित र समस्याको बारेमा अन्तरक्रिया कार्यक्रम हुँदै

परदेशी खबर ८ मंसिर २०७६, आईतवार २०:१७ मा प्रकाशित ( ४ साल अघि) २५३ पाठक संख्या

परदेशी खबर, पोर्चुगल

नोभेम्बर २४- स्वदेशमा वा प्रवासमा सबैलाई सामाजिक सुरक्षा भन्ने मुल नाराका साथ २०१२ मा स्थपित प्रवासी नेपाली श्रमिक संघ जिफन्ट कुवेतले आगामी नोभेम्बर २९ तारिख नेपाली प्रवासी श्रमिकहरुको हकहित र समस्याको बारेमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय उपाध्यक्ष बिदुर कार्किको प्रमुख आतिथ्यमा नेपाली दूतावास कुवेत, NRNa कुवेत लगायत कुवेतमा क्रियाशील विभिन्न संघ संस्थाहरुको उल्लेखनीय उपस्थितिमा यस कार्यक्रम गर्न लगिएको बताउदै कुवेतमा रहेका सम्पुर्ण श्रमजिवि नेपालीहरुलाई गरिमामय उपस्थितिको लागि संस्थाका अध्यक्ष गणेश रावतले अनुरोध गरेका छन ।

कार्यक्रमको विवरण यस प्रकार रहेको छ ।
मिति: २९ नोभेम्बर २०१९ शुक्रबार
स्थान: राजधानी रोयल प्यालेस, खैतान कुवेत
समय: अपरान्ह १२ बजे ­