अतिथि कलाकारको साथमा ईनास कुवेतले सांगितिक धामाकाको आयोजना गरि वार्षिकोत्सब मनाउदै

परदेशी खबर, कुवेत
नोवेम्बर २४- अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुवेतले जिलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा आगमी जनवरी २४ तारिख शुक्रवारको दिन सांगितीक धामाकाको आयोजना गरि संस्थाको वार्षिक उत्सव माउने भएको छ ।
संस्थाका अध्यक्ष डोलराज न्यौपानेको अध्यक्षतामा गत नोभेम्बर २२ तारिख बसेको बैठकले विविध विषयहरुमा छलफल गर्दै समाजका संरक्षक, सल्लाहकार लगाएत कार्यसमितिका सदस्यहरुको उल्लेखनीय उपस्थितमा बसेको बैठकले उक्त कार्यक्रम गर्ने निर्णय गरेको अध्यक्ष न्यौपानेले परदेशी खबरलाई बताए ।
मौलिक कला र संस्कृतिका साथमा कलाकारको जगेर्ना गरौं” भन्ने मुल नाराका साथ स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुवेतले धेरै राम्रा काम गर्दै आयको सबै लाई थाहा नै छ। गतसाल हरुमा गायन प्रतियोगिता, Dancing star .singing star.गरि कलाकारहरु लाई बिजेता बनाई टोफि प्रमाणपत्र नगत पुरुस्कार हरु बितरण गरेको थियो 2019 जनबरिमा अतिथी कलाकार खुमन अधिकारि ल्यायर धमका गरेको कुवैत बासि नेपालिलाई थाहा नै छ। Inas kuwait ले जनवारी ३ गर्ने भनिएको कार्यक्रम जुद्न्न गएको मा Inas kuwait धेरै पछी गर्नु परेको पनि अध्यक्ष डोलराज न्यौपानेले बताएका छन।
उक्त सांगीतिक कार्यक्रमको लागि कृयाशील संघ संस्था, बुद्धिजीवी, समाजसेवी, पत्रकार, कलाकार लगाएत सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई अग्रिम निमन्त्रणा दिदै उक्त दिन कुनै कार्यक्रम नजुधाइ दिनुहुन अध्यक्ष न्यौपानेले विनम्र अनुरोध गरेका छन् भने नेपाल बाट कुन अतिथि कलाकार ल्याउने भन्ने ’टुंगो नलागेकोले यसको टुंगो चाडै लगाएर सार्वजनिक गरिने अध्यक्ष डोलराज न्यौपानेले बताएका छन।
कार्यक्रमको विवरण:-
स्थान : इन्डियन सेन्ट्रल स्कुलको हल जिलिब
मिति : २४ जनवारी २०२० शुक्रबार
कार्यक्रम : वार्षिक उत्सव तथा अतिथि कलाकारको साथमा सांगीतिक धमका
आयोजक :अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेत