किराँत राई यायोक्खा शाखा युएईले “यलेदोङ बृहत सांस्कृतिक कार्यक्रम” भब्य रुपमा मनाउदै

परदेशी खबर, कुवेत

नोभेम्बर २४- किराँत संवत ५०८० अर्थात किरात समुदायको नयाँ सालको अवसर पारेर नेपाल आविष्कार केन्द्रको सहयोगार्थ किराँत राई यायोक्खा शाखा युएईले ” यलेदोङ बृहत साँस्कृतिक कार्यक्रम” युएई स्थिति अबुधाबी मलयली समाजमा सभा हल मुसाफा , अबुधाबीमा आयोजना गर्ने भएको छ।
उक्त कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि संयोजकमा पदम खालिङ राई , उपसंयोजकमा डिके किराँती र सरु शितल राई लाई तोकेको छ भने कार्यक्रममा नेपालबाट आमन्त्रित अतिथि कलाकारहरु बहुचर्चित वरिष्ठ गायक कुबेर राई, हांस्यकलाकार उमेश राई (फुलन्देको आमा), गायक दिपक बान्तवा, गायक जिबिहाङ राई, गायक निनम्हाङ राई र गायिका बबिना किराँती आउने भएका छन ।
कार्यक्रममा नेपाल बाट आमन्त्रित अतिथि कलाकार बहुचर्चित वरिष्ठ गायक कुबेर राई , गायक दिपक बान्तवा,गायक जिबिहाङ राई , निनम्हाङ राई र गायिका बबिना किराँतीको विशेष सांगीतिक प्रस्तुति रहने भएको छ भने हांस्यकलाकार उमेश राई (फुलन्देको आमा) को जोडदार हांस्य घमाकादार प्रस्तुति सहित स्थानीय कलाकारहरुको बेजोड मनोरञ्जनत्मक प्रस्तुति रहने भएको छ।

आयोजक किराँत राई यायोक्खा शाखा युएईले सम्पूर्ण युएईबासी बुद्धिजीवी, राजनितिज्ञ, समाजसेवी, विभिन्न संघ-संस्थाका प्रतिनिधि, विभिन्न पेशामा सम्लग्न पेशाकर्मी, व्यावसायी, लेखक तथा पत्रकारहरुमा गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा समेत गरेको छ।






Related Posts
  • कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा
  • तमू समाज कुवेतले १० जनावरी तमू (च्यु) ल्हाेसार कार्यक्रम गर्दै
  • १३ औं साग : नेपाललाई दोस्रो दिन १५ स्वर्ण, क–कसले दिलाए पदक ? (सुचीसहित)
  • किराया शाखा कतारद्वारा भेटघाट कार्यक्रम सम्पन्न
  • पछिल्ला सम्प्रेसणहरु

    नेपाली दूतावास कुवेतद्वारा भिजिट नेपाल २०२० सफल पार्नको लागि छलफल कार्यक्रम सम्पन्न

    कुन्साङ वाईबाको डम्फु ह्राप्सी गितको भिडियो सार्वजनिक (भिडियो सहित)

    कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस