काभ्रे कल्याणकारी कोष स्थापनार्थ बृहत सांस्कृतिक कार्यक्रम गर्दै

परदेशी खबर/ १९, नोभेम्बर ।  काभ्रे सेवा समाज युएईले  चौथो अधिवेशनको अवसर पारेर अनाथ बालबालिकाको लागी काभ्रे कल्याणकारी कोष स्थापनार्थ बृहत सांस्कृतिक कार्यक्रम – २०१९  यहि आउदो २९ नोभेम्बर २०१९ शुक्रबार युएईको दुबई स्थित एभरेस्ट क्लब वर दुबईमा आयोजना गर्ने भएको छ।

बृहत सांस्कृतिक कार्यक्रम – २०१९ भव्यरूपमा सम्पन्न गर्नको लागी नेपाल बाट आमन्त्रित कलाकारहरु ख्यातिप्राप्त सेलो गीतका चर्चित गायक तथा संगितकार बिशाल काल्तान  र चर्चित मोडेल तथा नृत्यकार रिना थापा मगर युएई आउने भएका छ।

काभ्रेलीहरुको छाता संगठन काभ्रे सेवा समाज युएईको चौथौ अधिवेशनको अबसर पारेर आयोजना गर्न लागेको उक्त  कार्यक्रममा नेपाल बाट आमन्त्रित कलाकार गायक तथा संगितकार विशाल काल्तानको बिशेष प्रस्तुति रहने भएको छ भने चर्चित मोडेल तथा नृत्यकार रिना थापा मगरको बिशेष जोडदार धामका सहित  युएईमा रहेका चर्चित स्थानीय  कलाकारहरुको बेजोड  प्रस्तुति रहने भएको छ।

काभ्रे सेवा समाज युएईले स्थापनाकाल देखि नै युएईमा रहेका नेपालीहरुलाई आपतबिपत पर्दा विभिन्न तवरबाट सहयोग गर्दै आएको छ । काभ्रे सेवा समाज युएई  ०८ अगस्ट २०१४ मा दामोदर दाहालको संयोजकत्वमा स्थापना भएको हो भने हाल संस्थाको प्रमुखमा युबा समाजसेवी  दिल लामा अध्यक्ष रहेको छ ।

काभ्रे सेवा समाज युएईले बिशेष गरि सामाजिक कार्यहरु गर्दै आइरहेको छ। अपाङ्ग तथा अनाथ सडक बालबालिकाहरुको लागि स्थापित विभिन्न संघसंस्थाहरुलाई आर्थिक सहयोग देखि भुकम्प, बाढीपीडित, गरिबीको कारण उपचार गर्न नसकेका बिरामीहरु, वैदेशिक रोजगारमा आएर अलपत्र परेका नेपालीहरुलाई आर्थिक सहयोग गर्दै आइरहेको छ।

 उक्त काभ्रे कल्याणकारी कोष स्थापनार्थ  बृहत सांस्कृतिक कार्यक्रम – २०१९  लाई भव्य र सभ्य बनाउनको  साथ र सहयोगको लागि  काभ्रे सेवा समाज युएईले प्रवास  युएईमा  स्थापित संघ संस्था , समाजसेवी , बुद्धिजीवी माहनुभव,दाजुभाइ दिदिबहिनीहरु लाई गरिमामय उपस्थितिको लागि हार्दिक  निमन्त्रणा समेत गरेको छ।






Related Posts
  • कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा
  • तमू समाज कुवेतले १० जनावरी तमू (च्यु) ल्हाेसार कार्यक्रम गर्दै
  • १३ औं साग : नेपाललाई दोस्रो दिन १५ स्वर्ण, क–कसले दिलाए पदक ? (सुचीसहित)
  • किराया शाखा कतारद्वारा भेटघाट कार्यक्रम सम्पन्न
  • पछिल्ला सम्प्रेसणहरु

    नेपाली दूतावास कुवेतद्वारा भिजिट नेपाल २०२० सफल पार्नको लागि छलफल कार्यक्रम सम्पन्न

    कुन्साङ वाईबाको डम्फु ह्राप्सी गितको भिडियो सार्वजनिक (भिडियो सहित)

    कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस