कुवेतबाट जजीरा एयरलाइन्सले काठमाडौं–कुवेत सिधा उडान सुरु गर्यो

परदेशी खबर/ नभेम्बर १७, कुवेत। कुवेतबाट जजीरा एयरलाइन्सले आज नोभेम्बर १७ बाट काठमाडौं–कुवेत सिधा उडान सुरु गरेको छ।

एयरलाइन्सले काठमाडौं–कुवेत हप्तामा ४ उडान भर्नेछ र आगामि जनवरी २०२० देखि एयरलाइन्सले उडानको संख्या अझै थप गर्ने जजीरा एयरलाइन्सका सिइओ रोहित रामचन्द्रनले बताएका छन्। सिइओका अनुसार यस वर्ष विश्वका टप गन्तव्यमध्ये १९ औं गन्तव्यमा उडान सुरु गरेको हो।

कुवेत काठमाडौं उडान सोमबार, बुधबार शुक्रबार र आइतबार हुने उडान ५ घण्टा ४५ मिनेटको समय लाग्ने छ। कुवेतबाट बिहान स्थानीय समयअनुसार ९ बजेर ५ मिनेटमा उडान हुनेछ । यो उडान स्थानीय समयअनुसार ४ बजेर २० मिनेटमा काठमाडौं आइपुग्नेछ । काठमाडौंबाट कुवेत जाने उडान स्थानीय समयअनुसार बेलुका ५ बजेर ५ मिनेटमा उड्नेछ र स्थानीय समयअनुसार ८ बजे कुवेत पुग्नेछ।
उडानको लागि एयरलाइन्सको वेबसाइटमा टिकट बुकिङ गर्न सकिने एयरलाइन्सले जनाएको छ । नेपाल कुवेत उडानको लागि इकोनोमी क्लासमा एकतर्फी भाडा कुवेती दिनार ६५ (२४ हजार ५ सय नेपाली रुपैयाँ) र दुईतर्फी भाडा १२९ दिनार (४८ हजार ७ सय नेपाली रुपैयाँ) पर्नेछ । बिजनेस क्लासमा एकतर्फी भाडा १५४ दिनार (५८ हजार नेपाली रुपैयाँ) र दुईतर्फी भाडा ३१३ दिनार (१ लाख १८ हजार नेपाली रुपैयाँ) पर्नेछ । खानाको रकम भने यात्रुले थप शुल्क तिर्नुपर्नेछ ।






Related Posts
  • पोखरा र लमजुङमा पहिरो जाँदा ७ जनाको मृत्यु, ९ जना घाइते
  • खुल्यो छोटो दूरीको सार्वजनिक यातायात
  • नेपालमा भारतीय न्युज च्यानलहरू बन्द
  • मोरङका एक नेपालीको कोरियामा सुतेकै अवस्थामा मृत भेटिए
  • पछिल्ला सम्प्रेसणहरु

    तमु धीं युकेद्वारा जिफान र तमु कलाकार संघ गण्डकीलाई २ लाख ५० हजार रकम सहयोग

    कुवेतमा कोरोना संक्रमनबाट ५३ हजार ५८० सङ्क्रमित, ७४० नयाँ संक्रमित, एक जनाको मृत्‍यु (अपडेट)

    थप ११८जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १६ हजार ६४९ पुग्यो

    बिजनेष

    आँखी झ्यालबाट लकडाउन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस