तमु प्ये ल्हु संघ युएईले आयोजना गरेको विन्टर बार्बी क्यु तथा बनभोज कार्यक्रम भव्यरुपमा सम्पन्न

परदेशी खबर नोभेम्बर १७- तमु प्ये ल्हु संघ युएईका महिला प्रमुख टिक माया ल्हो तमुस्योको सभापतित्वमा तमु प्ये ल्हु संघ युएईले २०१९ नोभेम्बर १५ तारिख शुक्रबार आयोजना गरेको विन्टर बार्बी क्यु बनभोज कार्यक्रम युएईको दुबई स्थित जाबिल पार्कमा भव्यरुपमा सम्पन्न भएको छ।

उक्त बनभोज कार्यक्रममा प्रमुख अतिथि तमु प्ये ल्हु संघ युएईका अध्यक्ष भिम लम तमु (सबिनय) रहेको थियो भने बिशेष अतिथिमा संस्थाका प्रमुख सल्लाहकार सन्तोष कुब्छे तमु,बरिष्ठ सल्लाहकार मुक्ति टु क्ल्हेप्री तमु र पुर्ब महिला प्रमुख एवं सल्लाहकार मिरा पह्च्यु तमुस्यो रहेको थियो । त्यसैगरी अतिथिमा संस्थाका सल्लाहकार मीन कुमरी तिदु लम तमुस्यो,लिली ल्हेंगे तमुस्यो,लाल सुब्बा थिमे तमु,राकेश लेम तमु,कास्की आदर्श सेवा समाज युएईका अध्यक्ष केदार कुंवार, लमजुङ समाज युएईका अध्यक्ष महेश पराजुली, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएईका महिला प्रमुख शोभा शर्मा, समाजसेवी तथा लमजुङ समाज युएईका संरक्षक अर्जुन बहादुर गौली रहेको थियो।


कार्यक्रम तमु प्ये ल्हु संघ युएईका सचिव देव क्रोम्जे तमुले संचालन गरेको थियो । कार्यक्रममा सल्लाहकार लिलि ल्हेगे तमुस्योले स्वागत मन्तव्य राख्दै उपस्थित पाहुना महानुभबहरु लाई स्वागत गरेका थिए भने प्रमुख अतिथी एवं संस्थाका अध्यक्ष भिम लम (सबिनय) तमुले शुभकामना मन्तब्य दिंदै बार्बी क्यु तथा बनभोज कार्यक्रम लाई सफल बनाउन अहोरात्र खटेर सहयोग गर्ने महिला प्रमुख टिकमाया ल्हो तमुस्यो ,खेलकुद प्रमुख बल बहादुर ल्हेगे तमु, प्रमुख सल्लाहकार सन्तोष कुब्छे तमु, सल्लाहकार लिलि ल्हेगे तमुस्यो, सल्लाहकार मीन कुमारी लम तमुस्यो, बरिष्ठ सल्लाहकार मुक्ति टु क्ल्हेप्री तमु, प्रथम उपाध्यक्ष बिष्णु ङोप्छे तमुस्यो, महासचिव सशिला भुच्चा तमुस्यो,सकृय सदस्य कर्म घले, पूर्व सल्लाहकार राजु घले, शुभ चिन्तक अनिता गौली, लगायत सम्पुर्ण लाई तमु प्ये ल्हु संघ युएईको तर्फबाट बिशेष धन्यवाद व्यक्त गरेका थिए ।
उक्त कार्यक्रमको लागि व्यक्तिगत रुपमा व्यवस्थापन गरेको भन्दै विशेष फ्रुट सलादको प्रायोजन गर्ने तमु प्ये ल्हु संघ युएईका सदस्य अशिका कोन्मे तमुस्यो र पिउने पानीको प्रयोजन गर्ने प्रथम उपाध्यक्ष बिष्णु ङोप्छे तमुस्यो लाई तमु प्ये ल्हु संघ युएईको तर्फबाट धन्यवाद दिएका थिए।
कार्यक्रममा युएई लाई लामो समय देखि आफ्नो कर्मथलो बनाउदै आएका तमु प्ये ल्हु संघ युएईका पुर्ब महिला प्रमुख तथा सल्लाहकार मिरा पह्च्यु तमुस्यो लाई संस्थाका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि भिम (सबिनय) लम तमुले क्रमु (पछयौरा) ओडाएर सम्मान गरेको थियो भने प्रमुख सल्लाहकार सन्तोष कुब्छे तमुले सम्मान-पत्र र बरिस्ठ सल्लाहकार मुक्ति टु क्लेप्री तमुले मायाको चिनो प्रदान गर्दै संयुक्तरूपमा सम्मान गरेको थियो।


त्यसैगरी संस्थाका महिला समुहबाट महिला प्रमुख टिक माया ल्हो तमुस्यो, सल्लाहकार मीन कुमारी लम तमुस्यो, सल्लाहकार लिलि ल्हेगे तमुस्यो, महासचिव सशिल भुच्चा तमुस्यो लगायत सम्पुर्ण पदाधिकारीहरुले क्रमु (पछ्यौरा) ओढाएर सम्मान गरेको थिए भने ब्यक्तिगत रुपमा अध्यक्ष भिम लम तमु ,सल्लाहकार मिन कुमारी लम तमु र समाजसेवी तथा पुर्ब सल्लाहकार राजु घले लगायतले मायाको चिनो प्रदान गर्दै सम्मान गरेको थियो।
सल्लाहकार मिरा तमुस्योले तमु प्ये ल्हु संघ युएईमा लामो समय सम्म आबद्ध रहेर तमु प्ये ल्हु संघ युएईको हरेक कार्यक्रमहरुमा तन मन धनले हरेक ठाउँबाट ठूलो सगयोग गर्दै आइरहेको छ।
कार्यक्रमको अन्त्यमा कार्यक्रमका प्रमुख अतिथि एवं संस्थाका अध्यक्ष भिम लम तमुले अवधिभर सहयोग गर्ने चेत टु क्लेप्री ,धर्म क्होला तमु , खिम क्ल्हेप्री तमु,देबेन्द्र योज्मे तमु, बल बहादुर ल्हेगै तमु, याक कैप्छे तमु ,सन्तोष (दिप) थापा मगर र आर्थिक संकलनमा प्रमुख भुमिका निभाउने सल्लाहकार लिलि तमुस्यो, कलाकार रिना ल्हेगे तमुस्यो लाई बिशेष धन्यवाद व्यक्त गरेका थिए ।त्यसैगरी सक्रिय सदस्य कर्म घले र सचिव देब क्रोम्छे तमुले आर्थिक सहयोग गर्ने हेतुले विङ्गो खेलाएकोमा हार्दिक धन्यवाद दिएका थिए भने कार्यक्रम लाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने र उपस्थिति माहनुभव तथा तमु प्ये ल्हु संघ युएईका सम्पुर्ण पदाधिकारीहरु लाई धन्यवाद दिंदै कार्यक्रम समापन गरेका थिए।






Related Posts
  • कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा
  • तमू समाज कुवेतले १० जनावरी तमू (च्यु) ल्हाेसार कार्यक्रम गर्दै
  • १३ औं साग : नेपाललाई दोस्रो दिन १५ स्वर्ण, क–कसले दिलाए पदक ? (सुचीसहित)
  • किराया शाखा कतारद्वारा भेटघाट कार्यक्रम सम्पन्न
  • पछिल्ला सम्प्रेसणहरु

    नेपाली दूतावास कुवेतद्वारा भिजिट नेपाल २०२० सफल पार्नको लागि छलफल कार्यक्रम सम्पन्न

    कुन्साङ वाईबाको डम्फु ह्राप्सी गितको भिडियो सार्वजनिक (भिडियो सहित)

    कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस