जनवरी ३ मा तमू प्ये ल्हु संघ कुवेतले अतिथि कलाकार सविना गुरुङको साथमा तमू च्यु ल्होसार मनाउदै

नोवेम्बर १७ कुबेत- तमू समुदायको मौलिक भेषभुषा, भाषा, धर्म, कला, संस्कार, संस्कृति र पराम्पराको जगेर्ण र निरन्तरता गर्ने मुख्य उदेश्यका साथ प्रवास कुबेतमा स्थापित तमु प्ये ल्हु संघ शाखा कुवेतले प्रत्येक बर्ष झैं यश बर्ष पनि तमु समुदायको मौलिक महान पर्व तमु फो- ल्हो (मृग वर्ग) लाई बिदाइ गर्दै आगमन तमू च्यु ल्हो (मुसा वर्ग) लाई स्वागत गर्दै तमू च्यु ल्होसार (मुसा वर्ग) आगामी २०२० जनवरी ०३ तारिख शुक्रबार दिन कुबेतको खैतन स्थित राजधानी प्यालेस रेस्टुरेन्ट को सभा हलमा अतिथि कलाकार सविना गुरुङको साथमा भव्य रुपमा मनाउने भएको छ।

तमू प्ये ल्हु संघ शाखा कुवेतले हरेक वर्ष तमू ल्होसार भब्यताको साथ मनाउदै आइरहेको छ। संघ ले गत सालहरुमा पनि नेपाल बाट अतिथि कलाकारहरु गयाक तिलक गुरुङ,गयिका इन्दिरा गुरुङ ल्याइ भब्य सागितिक कार्यक्रमको आयोजना गरी भरपुर मनोरंजन दिलाई सक्नु भएको छ। भने यासपाली भने नेपाली सांगीतिक जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सुमधुर स्वरका धनि देश तथा बिदेशमा हुने बिभिन्न स्टेज कार्यक्रमहरुमा ब्यस्त बहुचर्चित लोक दोहोरी गायिका सविना गुरुङ लाई ल्याउने पक्का भएको छ। अतिथि कलाकारलाई साथ दिन संघको कलाकार भाई बहिनी हरुको जोडदार प्रस्तुती रहने अध्यक्ष उमा गुरुङले मिडिया मार्फत जानकारी दिनु भएको छ।

उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा गरिमामय उपस्थिति जनाई कार्यक्रमलाई सफल बनाइदिनु आयोजकले अनुरोध गरेको छ।

आयोजक :तमु प्ये ल्हु संघ शाखा कुवेत
कार्यक्रम : तमू च्यु ल्हाेसार
मिति :०३ जनवरी २०२० शुक्रबार
स्थान :राजधानी प्यालेस रेस्टुरेन्ट खैतन कुवेत
समय:ठिक बिहान १० बजे देखि






Related Posts
  • कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा
  • तमू समाज कुवेतले १० जनावरी तमू (च्यु) ल्हाेसार कार्यक्रम गर्दै
  • १३ औं साग : नेपाललाई दोस्रो दिन १५ स्वर्ण, क–कसले दिलाए पदक ? (सुचीसहित)
  • किराया शाखा कतारद्वारा भेटघाट कार्यक्रम सम्पन्न
  • पछिल्ला सम्प्रेसणहरु

    नेपाली दूतावास कुवेतद्वारा भिजिट नेपाल २०२० सफल पार्नको लागि छलफल कार्यक्रम सम्पन्न

    कुन्साङ वाईबाको डम्फु ह्राप्सी गितको भिडियो सार्वजनिक (भिडियो सहित)

    कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस