काभ्रेमा बस दुर्घट्ना, २५ घाइते, तीनको अवस्था गम्भीर (घाइते विवरण सहित)

काभ्रे । बनेपाबाट नेपालथोक जाँदै गरेको बस काभ्रेको नमोबुध्द नगरपालिका २ स्थित पात्लेखेतमा दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । घाइते माध्यबाट ३ जना गम्भिर घाइते भएकाछन् ।

हिमाल तराई यातायातको बा ४ ख ३३१९ नं को बस दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोेटा घटनास्थल पुगेर यात्रुहरुको उद्दार गरेका थिए । दुर्घट्ना लगत्तै स्थानीय र प्रहरीको सहयोगमा घाईतेहरुको उद्दार गरिएको थियो ।

घाईते मध्ये तेमाल घर भएका १८ बर्षिय विवेक तामाङ गम्भिर भएका छन् । टाउकोमा चोट लागेकाले उनिहरुको होस अझै खुल्न सकेको छैन । उनलाई काठमाडौं रिफर गरिएको छ ।

घाईते मध्ये अधिकांश पुरुष छन् । तीन यात्रु महिला सामान्य छन् । बस सडकबाट २ सय मिटर भन्दा तल पुगेको प्रहरी प्रमुख एसपीसापकोटाले जानकारी दिए ।

घाईतेहरुको उद्धार तथा सहयोगका लागि नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिना, उपप्रमुख रामदेवी तामाङ, वडा अध्यक्ष सञ्जिव ढकाल, विष्णु धिताल लगायतका जनप्रतिनिधिहरु घटनास्थल हुँदै अस्पताल पुगेका थिए । तेमाल अनलाइनले यो खबर प्रकाशित गरेका छन ।

 

 






Related Posts
  • बागमती प्रदेशमा शुक्रबार सार्वजनिक बिदा
  • नेवा:पुच: युएईका उपाध्यक्ष एवम् फोनिज युएईका कावा अध्यक्ष राजेश प्रधानलाई बिदाई
  • राजु गोलेको “ह्युल्सादा ख्लासी” गीतको म्युजिक भिडियो सार्वजनिक
  • मृत्युदण्ड जितेर साउदीबाट नेपाल फर्किए उमेश
  • पछिल्ला सम्प्रेसणहरु

    बागमती प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

    नेवा:पुच: युएईका उपाध्यक्ष एवम् फोनिज युएईका कावा अध्यक्ष राजेश प्रधानलाई बिदाई

    राजु गोलेको “ह्युल्सादा ख्लासी” गीतको म्युजिक भिडियो सार्वजनिक

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस