आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

दाङका जबिन्द्रको कुवेत आएको डेढ महिनामै निधन

परदेशी खबर २४ कार्तिक २०७६, आईतवार ११:४६ मा प्रकाशित ( ४ साल अघि) २०१ पाठक संख्या

परदेशी खबर/ कुवेत –  रोजगारीको लागि कुवेत आएका एक नेपालीको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका –२, सुकेडाँगी दाङका ३६ वर्षीय जबिन्द्र परियारको यहाँ आएका डेढ महिना नबित्दै उपचारको क्रममा ज्यान गएको हो । यस खबर बारे नेपाली राजदूतावास कुवेतमा सम्पर्क गर्दा मृत्‍यु भएको खबर सत्य भएको जनाए ।  

परियार गत सेप्टेम्बर २७ तारिखका दिन मरिना थाई रेष्टुरेन्टमा कामका लागि कुवेत आएका थिए । दुई दिन मात्रै ड्युटी गरेका उनलाई एक्कासी टाउको दुखेपछि अक्टोबर २ तारिखमा फर्वानियाको अल सिफा अस्पातमा पुर्याईएको थियो । तर उनको त्यहाँ उपचार हुन नसकेपछि एक हप्तामा फर्वानिया अस्पातलमा रिफर गरिएको थियो ।

अस्पतालले जनाएअनुसार उनलाई मस्तिस्कमा क्षयरोग लागेको र लामो समय उपचार गर्दा पनि डाक्टरले बचाउन नसकेको मुतकका भाई शैलेन्द्र परियारले जानकारी दिए । परियारको शनिबार राती मृत्यु भएको हो । उनको घरमा एक छोरा एक छोरी रहेको बताईएको छ । फोटो – DC नेपालबाट