आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

नेपाली जनसम्पर्क समिति कुवेतको प्रबक्तामा शंकर कुमार लिंखा चयन

परदेशी खबर २२ कार्तिक २०७६, शुक्रबार १५:५७ मा प्रकाशित ( ४ साल अघि) ३९० पाठक संख्या

परदेशी खबर/नभेम्बर ८, कुवेत। नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन गत २७ सेप्टेम्बरमा सम्पन्न पछिको दोस्रो वैठक आज ८ नभेम्बरमा सभापति राजेन्द्र बिरहीको अध्यक्षतामा सम्पन्न भएको छ।

आजको बैठकले नेपाली जनसम्पर्क समिति कुवेतको प्रबक्तामा शंकर कुमार लिंखा र सदस्यमा तारा वीर सुवेदी र गङ्गा हस्ता सर्वसम्मत पारित गरी  समिति कुवेतका सल्लाहकार मन्जित चम्लिङ राईले खादा ओढाएर स-सम्मान गरि प्रमाणपत्र प्रदान गरेको सभापति राजेन्द्र बिरहीले जानकारि दिएका छन् ।

राष्ट्रियता, लोकतन्त्र र समाजवाद हाम्रा आदर्श हुन्” भन्ने नाराका साथ सन् २०११ मा स्थापना भएको जनसम्पर्क समितीले आफ्नो तेश्रो अधिवेशनमा समितिका अध्यक्ष कल्याण श्रेष्ठको सभापतित्वमा गरिएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपालबाट पूर्व गृहमन्त्री तथा केन्द्रिय महामन्त्री श्री पुर्ण बहादुर खडका साथै  विशिष्ट अतिथिमा महामहिम राजदुत दुर्गा प्रसाद भण्डारी, बिशेष अतिथिमा नेपाली काँग्रेसका महासमिति सदस्य नरेन्द्र भाट, नेपाली कांग्रेसका प्रतिनिधि मनोज गोर्खाली, राजु सयदको उपस्थितिमा सम्पन्न गरेको थियो।