भारत द्वारा लिपुलेक र लिम्पियाधुरा सिमा अतिक्रमण गरेकोमा जङगीए युवा

लिपुलेक हाम्रो हो , लिम्पियाधुरा र कालापानी हाम्रो हो , भारतिय विस्तारवाद मुर्दावाद ।

सन १८१६ को सुगौली सन्धि पछि विभिन्न कालखण्डमा खुला सिमाना भएकै कारणले भारतले नेपालका विभिन्न भु-भागमा सिमा मिच्दै आएका छन । यो अन्तर्राष्ट्रिय परराष्ट नितिको ठाडो उलंघन हो । १८६१ मा भारत र चिनले दुई देशिय सम्झौता गरेर भारतीय अतिक्रमणलाई समर्थन गर्दै नेपाली स्वाभिमानमाथि चोट पुर्‍याएको छ । यसरी दुवै मित्र राष्ट्रहरूले मिली नेपालको सार्वभौमिकता तथा क्षेत्रीय अखण्डतामा प्रस्ट आँच पुग्ने गरी गरिएको सम्झौता सहमति अत्यन्त दु:खद् छ । त्यसैले नेपालको राष्ट्रिय सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्दै उपरोक्त सम्झौता खारेज गर्नुपर्छ । नेपालका राजनीतिक दलहरूले यो गम्भीर विषयमा केन्द्रित भएर सरकारको ध्यानाकर्षण गराउनुपर्छ  र सरकारले लिपुलेक सम्झौता खारेज गर्न दुवै मित्र राष्ट्रहरूसँग प्राविधिक, राजनीतिक, प्रशासनिक र कूटनीतिक सबै स्तरबाट परिचालित हुनुपर्दछ ।

अहिलेसम्म फेला परेका प्रमाणहरूले लिपुलेक मात्र नभएर महाकालीको उद्गम बिन्दु लिम्पियाधुरा हो भन्ने पुष्टि गरेको छ । यसबाट कालापानीको ६२ वर्ग किमि क्षेत्र त नेपालको हुँदै हो , थप लिम्पियाधुरा सम्मको करिब ३ सय १० वर्ग किमि समेत नेपालकै देखिन आएको छ । सन् १८१६ को सुगौली सन्धिपछि नजिकै बनेका सन् १८२१, सन् १८३०, सन् १८३५, सन् १८४१ र १८४६ का पुराना नक्साहरूमा कालापानी नेपालको सीमाभित्र र लिम्पियाधुराबाट उत्पन्न भएको नदीलाई महाकाली नदी लेखिएको तथ्य सार्वजनिक भइसकेको छ । १८७९ को हाराहारी र पछि प्रकाशित नक्साहरूमा त्यही महाकालीलाई कुटियाङ्दी भनेर लेखिएको छ भने भारतले कालापानीको दक्षिणमा कृत्रिम पोखरीबाट निस्केको भंगालोलाई महाकाली भनेको छ । तर, पुराना नक्साहरूमा त्यो कृत्रिम कालीनदी अंकन गरेको देखिँदैन ।
कारगिलको विषयलाई लिएर जम्मुकाश्मिर माथी भारतीयको चेतना जाग्छ, उसको हृदय राष्ट्रवादको भावनाले उत्प्रेरित बन्छ तर ५३ वर्ष अघिदेखि । हाम्रो अक्षुण भूमिमा विदेशी सेनाले बुट बजारी रहदा कुनै पनि सरकारले पहलकदमि काम गरेनन । हामी स्वाभिमानी नेपालीहरू पनि आफ्नै मुलुकको भूमि हडप्ने भक्त छन् भनेर देखाउने चाहेनन् ।

जम्मुकास्मिर–कारगिलको अघोषित युद्धबाट मातृभूमिप्रतिको श्रद्धा पुष्टि गर्न सफल भारतले कालापानीको सम्बन्धमा नेपाली पनि आफ्नो भूमिलाई उत्तिकै श्रद्धा गर्दछन् भन्ने बुझ्नुपर्छ । आफ्नो औंला को नङ काटदा दुख्ने भारतले । अर्काको हातै काटेर लिन्छु भनेर जबर्जस्ती कालापानी मा सैन्य क्याम्प खडा गरेर । नेपालको मानसरोवर हिमश्रींखला र पर्यटकीय क्षेत्रहरू कब्जा गरे्र बस्नु । धार्मिक र मनमोहक पर्यटकीय उदगम भुमीहरु भारतले फिर्ता गर्नको वास्ता नगरे नेपालले अन्तर्राष्ट्रिय अदालतको ढोका ढकढक्याउन समेत सरकारले हिच्किचाउनु हुँदैन ।
नेपालको सीमा रेखालाई नक्सा फिँजाएर होस् या सन्धि तेर्साएर , इतिहास केलाएर होस् या जलाधर क्षेत्र पहिल्याएर किन नहोस् सदैव सुरक्षित राख्न सक्नुपर्छ ।

लेखक फलेन्द्र बलाम्पाकी मगर






Related Posts
  • अपडेटः कुवेतमा कोरोनाबाट सङ्क्रमितको संख्या २३५ पुग्यो,डब्लुएचओका अनुसार संक्रमण १९९ देशमा फैलियो
  • कोभिड–१९को कारण नेपाल कुवेत सरोकार समाजको छैटौं वार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रम स्थगित
  • covid-9 कोरोनालाई नियन्त्रण गर्न चीन कसरी सफल भयो
  • कल्याणकारी नेपाली यूवा समाज कुवेतद्वारा क्यान्सरबाट निधन भएकी प्रीति गुरुङलाई आर्थिक सहयोग
  • पछिल्ला सम्प्रेसणहरु

    डब्लूएचओ भन्छ : लकडाउनले मात्रै हुँदैन, श्रमिकहरुलाई पनि ध्यान देऊ

    सशस्त्र प्रहरी हवल्दार निलम्बित

    अब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाटै कोरोना भाइरस परीक्षण

    बिजनेष

    किराया युएई द्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस