आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

नेवाः गुठी कुवेतले कुवेतमा नेपाल संवत ११४० तथा म्हपूजा हर्सोल्लासपुर्वका साथ मनाए

परदेशी खबर १७ कार्तिक २०७६, आईतवार १२:०८ मा प्रकाशित ( ४ साल अघि) ८७ पाठक संख्या

नेवाः गुठी कुवेतले कुवेतमा नेपाल संवत ११४० तथा म्हपूजा हर्सोल्लासपुर्वका साथ मनाएको छ । गुठी कुवेतले १ नोभेम्बर २०१९ शुक्रबारको दिन सांझ नेपाली राजदूतावास,एनअारएन, कुवेतमा कृयाशिल संघ संस्था, पत्रकार लगायत नेपाली समाज कुवेतमा कृयाशिल व्यक्ति ब्यक्तित्वहरू तथा सम्पुर्ण नेवाः दाजुभाइ एवं दिदीबहिनीहरूकाे सामुहिक उपस्थितिमा एक विशेष समारोहको अायोजना गरी कुवेतको फरवानिया स्थित युनिक अडिटोरियम हलमा कार्यक्रम २ चरणमा नयाँ वर्ष तथा म्हपूजा भव्य रूपमा मनाएको हो । नेपाल संवत ११४० तथा म्हपूजाको अाैपचारिक शुभकामना अादान-प्रदान पश्चात शुरू भएको  म्हपूजामा नेवार तथा गैरनेवार गरेर पचासाैंको संख्यामा सहभागी भएका थिए भने सहभागी सबैलाइ म्हपूजाको विशेष अनुष्ठान सम्पन्न गरेर नेवारी भोज खुवाइएको थियो । 

संस्थाका अध्यक्ष सुरज मास्केको सभाध्यक्षता तथा नेपाली राजदूतावासका महामहिम राजदूत दुर्गा प्रासद भण्डारी दम्पतिको प्रमुख अातिथ्यतामा सम्पन्न उक्त समारोहमा संस्थाका संरक्षक शिब श्रेष्ठ, सल्लाहकार कल्याण कुमार श्रेष्ठ, एनअारएनए कुवेतका अध्यक्ष सुजन केसि, पत्रकार महासंघका अध्यक्ष हरिकृष्ण न्याैपाने, जनजाती महासंघका अध्यक्ष अमृत तामाङ, किराँत राइ यायोक्खाका अध्यक्ष मञ्जित राइ, काेसेली समुह कुवतेका अध्यक्ष अानन्द अाचार्य, नेपाली प्रवासी ट्याक्सी ब्यावसायी महासंघका अध्यक्ष सुन बहादुर तामाङ लगायतको समुपस्थितिमा राष्ट्रिय संवतको रूपमा मान्यता प्राप्त गरेको नेपाल संवतको नयाँवर्ष ११४० तथा म्हपुजा कार्यक्रम सम्पन्न गरिएको थियो । दिप प्रज्वलन र नयाँवर्षको केक काटेर शुरू भएको उक्त विशेष कार्यक्रममा महामहिम राजदूत भण्डारीले शुभकामना दिंदै विविधतामा अनेकता र अनेकतामा एकता भएको हाम्रो देश नेपालमा धेरै भाषा संस्कार र संस्कृति रहेको बताउँदै संस्कृतिको धनि देश नेपालका नेपालीहरूले नेपालको नाम उज्यालो पार्न हरेक जात, वर्ग र समुदायले अा-अाफ्ना संस्कार, संस्कृति र परम्परालाइ अवछिन्न रूपमा कायम राखेमा देश सांस्कृतिक सम्पदाले धनि हुने बताउँदै नेवाः गुठी कुवेतले प्रवासमा समेत अाफ्नो संस्कार र संस्कृति जोगाइ राख्न नेपाल संवत ११४० तथा म्हपुजा अायोजना गरेकोमा अाफ्नो व्यक्तिगत तथा दूतावासको तर्फबाट सिंगो नेवाः गुठीलाइ धन्यवाद दिंदै हरेक समुदायका संस्कार र संस्कृति सम्पुर्ण नेपालीको लागि मोलिक संस्कृति भएकोले एकले अर्कोसँग भाइचारा र भातृत्व कायम गर्दै संस्कृति संरक्षणमा लाग्नु पर्ने बताए ।उक्त कार्यक्रममा कुवेतमा कृयाशिल अन्य संघ संस्थाका पदाधिकारी तथा प्रतिनीधिहरूले पनि शुभकामना मन्तव्य दिएका थियो।

संस्कृति हराए हाम्रो पहिचान हराउने छ भन्ने मनसायका साथ २०११ मा स्थापना भएको नेवाः गुठी कुवेतको हिँजोको कार्यक्रम महासचिव नविन कुमार श्रेष्ठले संचालन गरेका थिए भने कार्यक्रम संयोजक उदाश श्रेष्ठले नेपाल भाषामा कार्यक्रममा उपस्थित अतिथिहरूलाइ स्वागत गरेका थिए । नेपाल संवत ११४० मनाएपछि म्हपूजा गरिएको उक्त कार्यक्रममा नेपाल संवत र म्हपूजाको सांस्कृतिक पक्षबारे संयोजक उदाश श्रेष्ठले नेपाल भाषामा र सचिव ध्रुब कुमार श्रेष्ठले नेपाली भाषामा जानकारी गराएका थिए ।

कार्यक्रम को अन्तिम चरणको सभापति कार्यकर्म सम्योजक उदास श्रेष्ठले गरनु भएको थियो।म्हपूजाको पूजा गर्ने विधि पनि विशेष प्रकारको हुने बताउँदै प्रत्येक वर्ष नेपाल संवतअनुसार कार्तिक शुक्लपक्ष प्रतिपदा तिथिमा नेवार परिवारमा परिवारको मूलीले परिवारका सबै सदस्यहरुको पूजा गरी हाँस वा कुखुराको फूल सगुन चढाइने, शरीरमा शान्ति नभएसम्म आत्मशान्ति नहुने भएकाले म्हः पूजाको दिन शरीरलाई तान्त्रिक विधिबाट पूजा गरिने बताउँदै यसो गर्दा वर्षभरि चोट नलाग्ने र मन पनि शान्त हुने धार्मिक विश्वास रहेको बताइएको थियो । प्रत्यके सदस्यको लागि छुट्टाछुट्टै मण्डज बनाइ म्हपुजा गर्नेलाइ पुर्वदिशा फर्कन लगाइ मन्डलमा खाने तेलको सानो घेरालाई बीचमा पारी त्यसपछि क्रमशः बाहिर अक्षता, लावा, कालो भटमास, मासको गेडा, धान, बेसारले रंगाएको चामलको धूलो, त्यसपछि पानी र रंगीबिरंगी फूलका घेरा लगाएर दियो बाली विभिन्न किसिमका फलफुलहरू जस्तै विमिरो, अमला, सुन्तला, केरा, कटुस लगायतका फलफुल चढाइ म्हपुजा गर्ने सदस्यहरूलाइ षोडसोपचारले पुजा गरि सकिए पछि मासको रोटी, अण्डा, माछाको साथमा सगुनको रूपमा सोमरस अर्पण गरिए पश्चात नेवारी पक्वान्नहरूको भोजन गराइएको थियो ।