तामाङ समाज यूएईको बिधालय शैक्षिक सहयो हस्तान्तरण कार्यक्रम सम्पन्न

तामाङ समाज यूएईको बिधालय शैक्षिक सहयोग हस्तान्तरण, छात्रवृत्ति बितरण तथा Top Talent Encouragement Award – 2019 कार्यक्रम हिजो सम्पन्न भएको छ ।  

नेपाल तामाङ घेदुङको संघिय कार्यलयमा हिजो आयोजित कार्यक्रममा यस बर्षको बिधालय शैक्षिक सहयोग काभ्रे रोशी गाउँपालिका -९ पिन्थली स्थित महाकाली देवी कर्मोद्वय प्रा. बि. लाई एक लाख एघार हजार एक सय एघार (१११,१११/-) रुपैयाँ हस्तान्तरण गरेको थियो । यसैगरी गरिब तथा जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति स्वरुप काभ्रेकै चौरी देउराली गा. पा. -७ को सिर्जनशील जनता उ. मा. बि मा कक्षा १२ मा अध्ययनरत छात्र बिकास लामा र रामेछाप सुनापाती गाउँपालिका -३ को श्री पशुपति मा. बि. मा कक्षा १२ मै अध्ययनरत छात्रा देउ माया थीङ लाई जनही पन्ध्र हजार (१५,०००/-) रुपैयाँ हस्तान्तरण गरियो । 

प्रतिनिधि सभा सदस्य बहादुर सिं लामाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा तामाङ समुदायको एक उत्कृष्ट ब्यक्तित्वको रुपमा पहिचान गर्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र तामाङ समुदायको एक प्रतिभावान युवाको रुपमा पहिचान गर्दै डा. भावना तामाङ लाई Top Talent Encouragement Award – 2019 द्वारा सम्मानित गरिनुका साथै तामाङ समाज यूएईका भुतपुर्ब उपाध्यक्ष कमल लामा तामाङ, ब्यबस्थापन प्रमुख नेत्र कुमार लामा र फोनिज यूएईका अध्यक्ष अनिस दोङलाई यूएई बसाईको क्रममा समाजलाई दिइएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । 

समाजका अध्यक्ष महेश मोक्तानको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा भर्खरै मात्र निर्बाचित नेपाल तामाङ कलाकार सघंको नया कार्यसमिति र गायिका निर्मला घिसिङलाई बधाइ तथा शुभकामना पत्र प्रदान गरेको थियो । सोही अवसरमा तामाङ समाज यूएईले आयोजना गर्ने “सोनाम ल्होछार २८५६ – जिवा ल्हो, सेलो बिशेष ल्होछार साँझ – २०२०” कार्यक्रमको लागि चर्चित गायिका इन्दिरा गोले र बिशेष अतिथिको लागि कुलमान घिसिङलाई औपचारिक निमन्त्रणा पत्र समेत हस्तान्तरण गरेको थियो । 

कार्यक्रममा किस्पाङ गाउँपालिका नुवाकोटका प्रमुख तथा तामाङ समाज यूएईका सस्थापक अध्यक्ष छत्र लामा, अन्तराष्ट्रिय तामाङ परिषदका उपाध्यक्ष टासी लामा, घेदुङका महासचिब बाबू घिसिङ, कलाकार संघका अध्यक्ष संजीव वाईबा, तामाङ डाजाङका अध्यक्ष फुल कुमार बोम्जन लगायत विभिन्न सघं सस्थाका प्रतिनिधि, कलाकारहरु, तथा सञ्चारकर्मिहरुको बाक्लो उपस्थिति रहेको थियो। उक्त कार्यक्रम तामाङ समाज यूएईको केन्द्रिय सचिब डिल्लीराम तामाङले संचालन गरेको थियो।






Related Posts
  • तमु समाज युएईले आउदो जनवरी १० तारिख तमु च्यु ल्होसार भव्यता साथ मनाउदै
  • अञ्जु थोकरको ‘सुन सुन साथी’ सार्वजनिक ( भिडियो सहित )
  • श्रम स्वीकृतिको सास्ती उस्तै
  • नेपाल आदिवासी जनजाती महासंघ युएई द्वारा Learning & People Development तालिम सम्पन्न ।
  • पछिल्ला सम्प्रेसणहरु

    गायक शिब परियारको स्वर तथा संगितमा रहेको “उनि राम्री“ गितको कभर भिडीयो सार्वजनिक

    तमु समाज युएईले आउदो जनवरी १० तारिख तमु च्यु ल्होसार भव्यता साथ मनाउदै

    अञ्जु थोकरको ‘सुन सुन साथी’ सार्वजनिक ( भिडियो सहित )

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस