आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024
FLASH NEWS

कतारमा बलिहाङ तङनाम कार्यक्रम सम्पन्न

परदेशी खबर १६ कार्तिक २०७६, शनिबार ११:५७ मा प्रकाशित ( ४ साल अघि) ५८६ पाठक संख्या

परदेशी खबर/ नभेम्बर ०२, कुवेत। हिजो १ नोभेम्बर २०१९ का दिन किरात याक्थुङ चुम्लुङ कतारले मौलिक सांस्कृतीक झाकी के–लाङ, याराक सहित लारिङ्केत, नाम्लिङकेत खेलेर बलिहाङ तङनाम—५०७९ भव्य रुपमा सम्पन्न गरेकोछ ।

कियाचु कतारका अध्यक्ष राजेन्द्र साम्याङखामको सभापतित्व रहेको कार्यक्रममा नेपाल प्रबासी आदिवासी जनजाती महासंघ कतारका कार्यवाहक अध्यक्ष पुरपषोतम सुनुवारको प्रमुख अतिथ्य र महासचिव सागर तुम्बाहाङफे लिम्बुको सञ्चलन रहेका उक्त कार्यक्रममा महासघं कतारका बिषेश सल्लाहकार शियाराम चौधरी,सल्लाहकार सदस्य रस तमु, कियाचु चुम्लुङका बिषेस सल्लाहकार गणेश थक्लुङ,डम्बर लिबाङ, सल्लाहकार बिजय लक्सम,मातृ सस्थाका अध्यक्ष तमु गुरुङ समाजका अध्यक्ष भाई काजि गुरुङ,किरात राई यायोक्खा शाखा कतारका अध्यक्ष बिमल राई,नेपाल प्रवासी तामाङ समाजका अध्यक्ष धिरेन तामाङ,थारु कल्याणकारीणि सभा च्याप्टरका अध्यक्ष अर्बिन्द्र चौधरी,प्रवासी भुजेल समाजका अध्यक्ष मिलन भुजेल,सुनुवार सेवा समाज शाखा कतारका अध्यक्ष सामुयल सुनुवार र समाज सेवि लिम्बुका माङगेना( चेलि) श्रीमति रेखा राई लिम्बु बिषेस अतिथि रहेका थिए, यसैगरी बिभिन्न लिम्बुवान अन्तरगतका समाज सेवि,बुद्धिजिबिहरु अतिथि रहेका थिए ।

प्रमुख अतिथि लगाएत अतिथिहरुको संयुक्त हस्तवहुलिमा व्यानर अनावरण, दीप प्रज्वलन, राष्ट्रिय गीत, वीर सहिदहरु प्रति १ मिनेट मौनधारण साथ समुत्घाटन गरिएको कार्यक्रममा कियाचु कतारका बरिष्ठ उपाध्यक्ष हर्क खजुम लिम्बुको स्वागत मन्तब्य रहेको थियो भने बिषेश सल्लाहकार डम्बर लिबाङ लिम्बुले बलिहाङ तङनामको बारेमा प्रष्टएका थिए।

बिषेस सल्लाहकार लिबाङले बलिहाङ तङ्नाम बारे प्रकाश पार्दै किरात याक्थुङ जातिहरुले धेरै वर्ष पहिले देखिनै मानिन्दै आएको वलिहाङ तङनाम बारे पछिल्लो चरणमा जेजति तर्क र विवादहरु उठेका छन् । ती सबै आधारहीन रहेको र वास्तवमा बलिहाङ तङनाम १ दिन मात्र मानिने प्रचालन भएता पनि एकात्मक शासन ब्याबस्थाले अन्य धार्मिक तथा सांस्कृतिक अतिक्रमण गर्दै एकात्मक राज्य बिस्तार क्रममा बलिहाङलाई विभिन्न चाड पर्वहरु संग मिश्रण गरि ओझेलमा पार्ने सडयन्त्र गरि रहेको भन्दै सम्बन्धित सबैलाई सचेत हुन आग्रह गरेका छन् । यसै सन्दर्भमा लिबाङ थप्छन्—मिथअनुसार बलिहाङले एक दिन आफ्नो भाई भारदारहरुलाई बोलाई अब म मर्ने बेला भयो मेरो काल आयो भनि सुचित गरे र उक्त समाचार सारा जनताहरु माझ फैलियो जनप्रेमी, राष्ट्रप्रेमी प्रतापी हाङलाई कालले लाने भन्ने खबर पाए पच्छी जनताहरु चिन्तित हुन्दै, हाङलाई कसरि बचाउन सकिन्छ? कसरी उनको आयु लम्ब्याउन सकिन्छ ? भन्ने जनताको जिज्ञासा माथी हाङले (राजाले) भने, आज मध्य रातमा मलाई लिनु “काल“आउँदैछ, यसर्थ मलाई बचाउनेनै हो भने त्यो समयमा तिमीहरु मेरो दिर्घायु एवम् सुस्वास्थ्यको कामना गर्दै दिपप्रजलन, नाचगान गरि जाग्रम बस्नु पर्छ भनेका हुनाले, सारा जनताहरु भेला भई हाङलाई मृत्युबाट बचाउनका लागी दिपप्रजलन तथा नाचगान गर्दै जाग्रम बसे । जब कालले त्यो दृश्य देखेपछि हाङलाई साथ लान सकेनन् । मिथअनुसार यसरि बलिहाङको आयू थप भएको खुसियालीको खबर जनतामाझ पुर्याउनका लागि लालिङ्केत—नाम्लिङकेत खेल्दै, प्रचार गर्दै खुशियालि चाडको रुपमा बलिहाङ तङ्नामलाई याक्थुङ लिम्बु जातिहरुले कालन्तर देखिनै मनाउँदै आएका हुन् भन्ने दाबी गरेकाछन् । पच्छिलो समयमा हिन्दू संस्कृतिमा ढाल्नका लागि काग , कुकुर, गाई, गोरु र भाई तिहारमा परिणत गरि बलिहाङ बारे भ्रम सृजना गरि किरात समुदायमा अन्योलता सृजना गरिएकोमा दुःख ब्यक्त गर्दै यस्ता अनावश्यक भ्रममा नपर्न सम्बन्धित सबैलाई सचेत तुल्याएका छन।,

लिम्बु जातिहरुको साझा जातिय सामाजिक सँस्था किरात याक्थुङ चुम्लुङ कतारको आयोजना गरेको येले सम्बत ५०७९ तथा बि,स २०७६ सालको बलिहाङ तङनाम तथा दिपावालि उक्त कार्यक्रमको शुभकामना मन्तब्य,प्रमुख अतिथि कावा श्री पुरुषोत्तम सुनुवार,महासघं कतारका बिषेस सल्लाहकार शियाराम चौधरी, सल्लाहकार रस गुरुङ कियाचु कतारका बिषेस सल्लाहकार डम्बर लिबाङ,त्यसैगरि मात्रृसंस्थाको तर्फबाट भाई काजि गुरुङ, बिमल राई,धिरेन तामाङ, मिलन भुजेल, सामुयल सुनुवार,र समग्र उपस्थितको तर्फ बाट रेखा राई लिम्बु ज्युहरुले आफ्ना शुभकामना मन्तव्य साथै भनाईहरु राखेका थिए ।
कार्यक्रमलाई थप रोचक बनाउनका लागि के–लाङ, याराक जस्ता मौलिक सास्कृती झाकिहरु कियाचु सास्कृतिक परिषदका कलारकारहरु बिरेन मादेन, अमृत कुरुम्भाङ, गौतम आङदेम्बे,सपना जवेगु,हर्क खजुम, बिजय लक्सम,उत्तर लिम्बु,भोगेन्द्र आङखेव, गणेश मादेन, जुनु लिम्बु, कृष्ण माया लिम्बु,बिरुशा वाईवा, शर्मिला तामाङ,सानु सृष्टि तामाङ,रेनु तामाङ, अनु घिसिङ तामाङ, आसा राई र केशर परियार हरु द्धारा बिभिन्न लिम्बु,नेपालिजन्य गित तथा नृत्यहरु प्रस्तुत गरेका थिए भने,फेदाङ्बा बल ब, लिम्बुले लारिङकेत–नाम्लिङकेत र खस नेपालीमा देउसी रेखा राईले भट्याई लालिङकेत् नाम्लिङकेत् तथा देउसी भैलो खेलेर बलिहाङ तङनाम तथा दिपावली मनाएका थिए ।

अन्त्यमा बलिहाङ तङ्नाम–५०७९ लाई सफल बनाउन अहोरात्र खट्नुहुने, र उपस्थित जनमास प्रती आभार तथा धन्यवाद प्रकट गर्दै अध्यक्ष राजेन्द्र साम्याङखामले कार्यक्रम अनत्य भएको घोषणा गर्नु भया थियो।