नेवाः गुठी कुवेतको म्हःपुजा नोभेम्बर १ तारिक युनिक अडिटोरियम हलमा हुने

नेवाः गुठी कुवेत पुनर्गठन सँगै घोषणा गरिएको म्हःपुजा नेवाः गुठी कुवेतले अागामी नोभेम्बर १ तारिक शुक्रबार गर्ने भएको छ । यहि अक्टोबर २५ तारिक कुकुर तिहारको दिन गर्ने भनिएको म्हपुजा विशेष कारणवस उक्त दिन गर्न असमर्थ रहे पछि अागामी शक्रबार १ नोभेम्बरको दिन फरवानिया स्थित युनिक अडिटोरियम हलमा म्हपुजा गर्न लागिएको कुरा नेवाः गुठी कुवेतका सांस्कृति विभाग एवम् कार्यक्रम सम्योजक उदास श्रेष्ठले संस्कृति हराए हाम्रो पहिचान हराउने छ भन्ने मनसायका साथ २०११ मा स्थापना भएको नेवाः गुठी कुवेत पुनर्गठन पश्चात पहिलाे कार्यक्रमको रूपमा कुवेत नगरीमा म्हपुजा र नेपाल संवत ११४० मनाउन लागेको गुठी कुवेतले विविध कारणवश विगतको केहि वर्ष नेवाः परम्पराको जगेर्नाको लागि चुस्तरुपमा लाग्न नसकिए पनि अब भने नेवा सभ्यता र परम्पराको जगेर्ना गर्न लागि पर्ने जनाएको छ ।
म्हपुजा कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएकाे जनाउँदै संस्थाका अध्यक्ष सुरज मास्केले नेवाः परम्परा, संस्कृतिको जगेर्ना गर्ने प्रमुख उद्येश्यका साथ नेवाः गुठी अघि बढेकाे बताए ।

 

 

नेपाल भाषालाइ लोप हुन नदिन कुवेतमा पनि हरेक महिनाको एउटा शुक्रबार नेपाल भाषा सिकाउने योजना रहेको पनि मास्केले बताए । म्हपुजा विलकुलै नेपाली मौलिक चाड हाे भन्दै यस कार्यक्रम मार्फत म्हपुजा भनेको के हो र किन गरिन्छ? भन्ने बारेमा समेत जानाकारी गराइने बताउँदै नेपाल संवत किन सबै नेपालीहरुको सवंत हो र कसरी यो संवतको सुरुवात भयो? भन्ने बारेमा समेत यस कार्यक्रममा जानाकारी गराइने अध्यक्ष मास्केले बताए । नेपालको जुनसुकै मौलिक परम्पराको बारेमा हरेक नेपाली जानाकार हुनु पर्छ र मौलिक परम्पराको विकास नै समृद्धीको पहिलो कसी हो भन्दै अध्यक्ष मास्केले संस्कृति र परम्परा जाेगाउन सबै मिलेर लागि पर्नु पर्ने बताए ।

नेवाः गुठी कुवेतले कुवेतमा कार्यरत सबै नेवाः दाजुभाइ तथा दिदीबहिनीहरूलाइ म्हपुजा कार्यक्रम बारे जानकारी गराइ सकिएको जनाउँदै यदि कसैलाइ जानकारी नभएको भएमा यसै समाचारलाइ अाधार मानी म्हपुजामा कार्यक्रममा सहभागी हुन विशेष अनुरोध गरेको छ भने म्हपुजा गर्न चाहने नेवार दाजुभाइ तथा दिदीबहिनीहरूले बिहिबार साँझ सम्म तपसिल बमोजिमका पदाधिकारीहरूलाइ सम्पर्क गरि अाफ्नो नाम टिपाउन पनि अाग्रह गरेको छ ।
तपसिल
अध्यक्ष – सूरज मास्के +965510 94172
कोषाध्यक्ष- जुजुकाजी महार्जन +96594032941
सस्कृतिक प्रमुख- उदास श्रेष्ठ +96569069795

म्हपुजा कार्यक्रमको विवरण
स्थानः युनिक अडिटोरियम हल फरवानिया ।
मितिः १ नोभेम्बर २०१९ शुक्रबार
समयः बेलुका 5:30 बजे देखि ।






Related Posts
  • तमु समाज युएईले आउदो जनवरी १० तारिख तमु च्यु ल्होसार भव्यता साथ मनाउदै
  • अञ्जु थोकरको ‘सुन सुन साथी’ सार्वजनिक ( भिडियो सहित )
  • श्रम स्वीकृतिको सास्ती उस्तै
  • नेपाल आदिवासी जनजाती महासंघ युएई द्वारा Learning & People Development तालिम सम्पन्न ।
  • पछिल्ला सम्प्रेसणहरु

    गायक शिब परियारको स्वर तथा संगितमा रहेको “उनि राम्री“ गितको कभर भिडीयो सार्वजनिक

    तमु समाज युएईले आउदो जनवरी १० तारिख तमु च्यु ल्होसार भव्यता साथ मनाउदै

    अञ्जु थोकरको ‘सुन सुन साथी’ सार्वजनिक ( भिडियो सहित )

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस