नेवा:पुच: युएईले नेपाल संवत् (न्हु दं) तथा आत्मा पुजा (म्ह पुजा ) मनाउने

नेवा: पुच: युएईले युएईको अवुधाबी,दुबई र उमलक्वेनमा नेवारी परम्परा अनुसार आगामी २९ अक्टोबर २०१९ मंगलबार नेपाल संवत् ( न्हु दँ ) तथा आत्मा पुजा (म्ह पुजा) मनाउने भएको छ।

कार्यक्रम दुबाई क्षेत्रको लागी कञ्चनजङ्गा रेष्टुरेन्ट बर दुबईमा सबैको समय लाई मध्य नजर राखी बेलुकी ७ बजे देखी म्ह पुजा कार्यक्रम गर्ने भएको हुँदा युएईमा स्थापित सम्पुर्ण संघ संस्थाका प्रमुखहरुमा कार्यक्रममा सहभागिता जनाउन समय मिलाएर आ-आफ्नो पायक पर्ने कुनै पनि स्थानमा सहभागी भई कार्यक्रमको शोभा बढ़ाई दिन नेवा:पुच: युएईले हार्दिक आमन्त्रण गरेको छ भने कार्यक्रम नेवारी चलन अनुसार थकालीको रोहबरमा हुने भएको छ।पुजा सर्दाम र नेवारी परिकारको लागी प्रति ब्यक्ति निश्चित शुल्क निर्धारण समेत गरेको छ।

उक्त कार्यक्रममा सहभागिताको लागि सम्पर्क व्यक्ति उमलक्वेनको लागी नेवा: पुच: युएईका केन्द्रीय अध्यक्ष लक्ष्मण श्रेष्ठ – +९७१ – ५२ २२८ ९१८० ,अवुधाबीको लागी नेफिन सदस्य तथा नेवा: पुच: युएई अवुधाबी क्षेत्रीय अध्यक्ष सुनिलमान श्रेष्ठ – +९७१ – ५२२२८ ९१८० र दुबईको लागी नेफिन युएई मातहत फोनिज युएईका कार्यवाहक अध्यक्ष तथा नेवा: पुच: युएईका केन्द्रीय उपाध्यक्ष राजेश प्रधान – +९७१ – ५० ३८४४२१८ रहेको नेफिन युएई एवं नेवा:पुच: युएईका महासचिव कुमार बलामीले जानकारी गराएका छ।






Related Posts
  • सर्जक प्रेम कटवालको शब्दमा राजु थापा मगरको “मेरी आमा“ म्युजिक भिडीयो सार्वजनिक
  • काभ्रेमा बस दुर्घट्ना, २५ घाइते, तीनको अवस्था गम्भीर (घाइते विवरण सहित)
  • सीमा सुरक्षा थप मजबुत बनाइँदै
  • दाङका जबिन्द्रको कुवेत आएको डेढ महिनामै निधन
  • पछिल्ला सम्प्रेसणहरु

    सर्जक प्रेम कटवालको शब्दमा राजु थापा मगरको “मेरी आमा“ म्युजिक भिडीयो सार्वजनिक

    राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको प्रथम अधिवेशन कार्यक्रमको लागि तयारी पुरा

    काभ्रेमा बस दुर्घट्ना, २५ घाइते, तीनको अवस्था गम्भीर (घाइते विवरण सहित)

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस