आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024
FLASH NEWS

चलचित्र ‘सुर्य किरण’को गीत सार्वजनिक, केकी र अमिर अतिथि कलाकार

परदेशी खबर ९ कार्तिक २०७६, शनिबार १२:१७ मा प्रकाशित ( ४ साल अघि) ९८ पाठक संख्या

मंसिर २० गते देशभर प्रदर्शन हुने

 

परदेशी खबर/ काठमाण्डौं – थुप्रै तामाङ चलचित्रको निर्देशन गरिसकेका नायक तथा निर्देशक अमिर दोङले पहिलो पल्ट नेपाली कथानक चलचित्र ‘सुर्य किरण’को निर्देशन गरेका छन् । यसै चलचित्रको पहिलो गीत र प्रोमो शुक्रबार सार्वजनिक गरेको छ ।

कार्यक्रमको प्रमुख अतिथि नेपाल आदिवासी जनजाती चलचित्र महासंघका अध्यक्ष अमृत सुनार रहेको कार्यक्रममा चलचित्रको जनाकारी दिदै गीत सार्वजनिक गरिएको हो । फिल्मको टाइटल गीत ‘मैच्याङ्लाई फकाउला डम्फू बजाउदै’ सार्वजनिक गरिएको हो । गायक विशाल काल्तानले गीत लेखेका छन् भने गायिका जितु लोप्चन र काल्तानकै स्वर रहेका छन् । चलचित्रको गीतमा संगीत गायकद्वय काल्तान र जोगलाल लामाले भरेका छन् ।

चलचित्रमा सबिन श्रेष्ठ, मेलिना प्रजा, रन्जित तामाङ, कुइसाङ रुम्बा, मन्जु श्रेष्ठ, भुइसाल लामा, नोर्साङ दोङ लगायतको अभिनय हेर्न सकिनेछ । साथै अतिथि कलाकारको रुपमा नेपाली चलचित्रका चर्चित नायिका केकी अधिकारी र निर्देशकद्वय दोङलाई देखिनेछ्न् ।

अमित चेपाङले निर्माण गरेको चलचित्रको मेलिना प्रजाको प्रस्तुति रहेको छ । अति सिमान्तकृत एवम् अल्पसंख्यक चेपाङ समुदायबाट नेपाली चलचित्र निर्माण गरिएको यो नै पहिलो पटक भएको दावी गरेको छ । यस अघि चेपाङ जातिको सांस्कृतिकलगायतका गीतको भिडियोहरू भने निर्माण गरिसकेको छ ।

चलचित्रको कथा तथा पटकथा रितुराज पाख्रीनले लेखेका छन् भने द्वन्द निर्देशन राजु दोङको रहेको छ । गीतको काेरियोग्राफी तथा सम्पादन अजय स्याङ्तानले गरेका छन् । छायाँकन बिक्रम मोक्तानले गरेको छ ।

तामाङ सुपर स्टार डम्फु मिडियाको ब्यानरमा निर्माण गरेको चलचित्र मंसिर २० गते देशभर प्रदर्शन हुने निर्माण पक्षले जानकारी गराएको छ । शैलुङ अनलाइनले यो खबर प्रकाशित  गरेका छन ।